• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

रोल्पामा संयुक्त संघर्ष समितिको बिरोध चर्किदै


मनिषा राई,
पुस १५, रोल्पा ।

रोल्पा सुवार्णावति गाउपालिकाको नाम परिवर्तन सम्बन्धि पौष १२ गते दोस्रो सभाबाट ल्याएको प्रस्तावको निर्णय बिरोधमा गठन गरीएको संघर्ष समितिको आन्दोलन चर्किएको छ । गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय फिर्ताको माग गर्दै आज बिहानदेखि सडकमा टायर बालेर पूर्वी र पश्चिम रोल्पामा यातायात बन्द गरिएको छ ।

साथै संघर्ष समितिले भोली गाउपालिकामा यातायात, शिक्षण संस्था, बजार र उधोग बन्द गर्ने निर्णय गरेको छ । माग सुनुवाई नभए गाउपालिकामा अनिश्चितकालिन बन्द गर्ने कार्यक्रम तय गरेको आन्दोलनरत वडा नम्बर ४ का अध्यक्ष गञ्ज क्षेत्रीले बताए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका जनप्रतिनिधि, सन्तुष्ट बजारवासी र माओवादी केन्द्र बाहेक अन्य दलका नेता कार्यकर्ताले नाम परिवर्तन गर्न नहुने अडान लिएका छन् । हाल कांग्रेस सरकार हुदा पनि कांग्रेसले बिरोध गरीरहेको र पछि एमालेको सरकार हुदा पनि एमालेले नै बिरोध गरीरहेको हुनाले नाम परिवर्तन हुने अवस्था नदेखिएको स्थानियहरुले बताएका छन् ।

गाउपालिका अध्यक्ष गुणेन्द्र घर्तीले भने लोकतान्त्रिक संस्कार देखाउन आवश्यक रहेको प्रतिक्रिया दिदै बहुमतबाट नाम परिवर्तन गर्न सकिने प्रावधानलाई टेकेर गरिएको निर्णयको सम्मान आवश्यक रहेको जिकिर गरे ।

यसैबिच, पश्चिम रोल्पाका विरोधमा उत्रिएको समूहले हिजो गाउपालिका अध्यक्ष र उपाध्यक्ष सहितको गाउँ कार्यपालिका बैठकमै ताला लगाईदिएको गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउ । गत मंसिर २७ र २९ गतेको गाउँसभाले गरेको निर्णयका बिरुद्धमा स्थानीय रोशन वलीको संयोजकत्वमा रहेको संघर्ष समितिले गाउँपालिकाको कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका छन् । यातायातका साधन समेत चलाउन रोक लगाएका छन् ।

सुकिदहको दोस्रो गाउँसभाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो, सोहि निर्णयका बिरुद्धमा स्थानीयहरु केहिदिन यता देखि आन्दोलित छन । स्थानीय बसिन्दाको माग र भाबना अनुसार नै गाउँपालिकाको नाम र केन्द्र परिबर्तन गरिएको भएपनि केहि संचार माध्याम र सिमित ब्यक्तिको बहकाउका कारण आन्दोलन गरिरहेको गाउँपालिका अध्यक्ष खत्रीले बताए ।

यता जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयालले उक्त स्थानमा सुरक्षा बढेको बताए ।

प्रकाशित मिति : २०७४ पुष १५ गते शनिवार