• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

सञ्चार माध्यामको दुरुपयोग कारण बाल बिबाहमा वृद्धि


पुस १६, सल्यान ।

कानुनले ताकेको उमेर पार नगर्दै गरिने बिबाहलाई बालबिबाह भनिन्छ ।

नेपालको कानुनमा बिबाहगर्ने उपयुक्त उमेर २० बर्ष तोकियको छ । १८ बर्ष उमेर नपुगेका बालक वा बालिका ले आफैले राविखुसि वा आमाबुवाको स्विकृतिमा विवाहगरेपनि त्यस्लाई बालबिबाह भनिन्छ । समाज बिकासको बाधकका रुपमा रहेको बालबिबाहलाई न्युनिकरणका लागि बिभिन्न व्यक्ति ,समुदाय तथा संघसंस्थाहरु आ आपmनो ठाउँबाट लागिरहेका छन तरपनि जसरि बालबिबाह गर्नु हुदैनना भनेर सिकाईन्छ त्यसरि नै दिनप्रतिदिन बालबिबाहका घटनाहरु बाहिर आउछन् । बालबिबाह गर्नुका मुख्य कारणहरु हामिले अशिक्षा,गरिबि,बेरोजगार,अन्धविस्वास नै हुन भनेका छौँ तर यतिबेला विज्ञान र प्रविधिको युग छ । संसारमा विज्ञान र प्रविधिले फड्को मारेसंगसगै यतिबेलाको परिपेक्षमा सञ्चार माध्यामको दुरुपयोग पनि बृद्धी भइरहेको छ ।

पछिल्लो चरणमा मोबाईलको आबस्यक्ता र अनिबार्यता बढे संगसगै अनाबस्यक रुपमा दूरुपयोग भइरहेको छ । यउटा त मोबाइल फोनको दुरुपयोग मोबाइलबाट नंम्बर मिलायर अथवा गलत नम्बर डायल गरेर परिचय बढाउने गरेका छन भने अर्को कारण सामुदायिक रेडियोहरुबाट प्रसारण हुने पत्र मित्रताका कार्यक्रमबाट पनि बालबालिकाहरु बिग्रियका छन । रेडियोबाट प्रसारण हुने सामाचार तथा जनचेतना मुलक कार्यक्रमहरु नसुन्ने र ध्यान नदिने तर केटाकेटिले फोनगर्ने , अनि माया प्रेमका कुरागर्ने कmक पठाउने जस्ता कार्यक्रम हरुमा बढि ध्यान दिने गर्दछन । यसरि रेडियोमा सञ्चालित फोन इन कार्यक्रममा सहभागि हुने र पत्र मित्रता बाट बनाउने , केटा केटि साथि बन्ने , भेट गर्ना खोज्ने र केटा केटि प्रति र केटि केटाप्रति आर्कषण् हुने र बिस्तारै त्यो सम्बन्धलाई बिबाहमा समेत परिणत गर्छन । किसोरा अवस्थाका केटा केटि हरुले साच्दैनन् भबिष्य कस्तो होला वैवाहिक सम्बन्ध दिगो होला कि नहोला , परिवारको साथ कस्तो हुने ? जिवनभर खुसि हुन सकिने हो कि होइना क्षणभरको खुसिमात्र सम्झन्छन् ।

विशेष गरि यतिबेलाको परिपेक्षमा सामुदायिक रेडियोबाट प्रसारण हुन् कार्यक्रम के हो उक्त कार्यक्रमको प्रमुख उद्धेश्य के हो ? उक्त कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ अथवा नकारात्मक असर पारेको छ सोच्नुपर्ने देखिन्छ । सबै रेडियोबाट र सबै कार्यक्रम बाट बालबिबाह बढेको होइना केहि कार्यक्रम यस्ता छन जस्ले बालबिबाह न्युनिकरणमा पनि विशेष जोड दियका छन् । तर कोहि कार्यक्रम यस्ता छन् । जस्को कारणले बालबिबाहमा वृद्धि भयको छ । हामिल् प्रसारण गर्ने कार्यक्रमलाई गम्भिर रुपमा हेरेका छैनौ । हामि लाई त लाग्छ हामीले चलायको कार्यक्रमले स्रोतालाई रमाईलो नै प्रदान गरिरहेका छौँ । तर कार्यक्रम सुन्ने स्रोतालाई नकारात्मक दिसा तिर लगियको हुन्छ । किनाकि किसोरावस्था का केटकेटीलाई पनि त्यस्तै नै प्रभाब पारिरहेको हुन्छ ।

लेखकः सल्यान जिल्ला स्थित संचारकर्मी मना खड्का हुन् ।

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार