• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको ‘सिरुवार’ जिल्ला कै पहिलो सरसफाई उन्मुख टोल घोषणा


बुद्धि पुन
पुस १६, सल्यान ।
सल्यानमा सरसफाई अभियानलाई तिब्रता पारिएको छ ।

खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको सल्यानमा पछिल्लो समय सरसफाई अभियानले तिब्रता पाएको हो । अहिले जिल्लाका बिभिन्न टोलहरुलाई सरसफाई उन्मुख टोल घोषणा गर्ने कार्यले तिव्रता पाउन थालेको छ । आईतबार जिल्लाको शारदा नगरपालिका वडा नम्बर ३ मा रहेको सिरुवार टोललाई जिल्ला कै पहिलो सरसफाई उन्मुख टोल घोषणा गरिएको छ ।

सिरुवार टोल सुधार समितीका अध्यक्ष बुद्धिराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले सिरुवारलाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरेका हुन् । घोषणा पश्चात कार्यक्रमलाई संबोदन गर्दै उनले सिरुवार टोललाई पूर्ण सरसफाई यूक्त बनाउन लाग्न सिरुवारबासीलाई आग्रह गरे । ‘यो तपाईहरुको दायित्व हो, यसलाई पूर्ण सरसफाई यूक्त बनाउन तपाईहरु लाग्नु होस’–उनले भने ।

नगर प्रमुख अधिकारीले ब्यक्तिको घर मात्रै नभई सार्बजनिक स्थल, बाटोघाटो, मठमन्दिर, पाटीपौवा, आदीको पनि सरसफाईमा जोड दिए । उनले सिरुवार टोललाई अब पूर्ण खोपयूक्त, मादक पदार्थ मुक्त टोल घोषणा गरेर सभ्य सिरुवारको पहिचान दिन आग्रह गरे । ‘सरसफाईलाई बिषेश रुपमा ध्यान दिन आबश्यक छ’– उनले भन । ‘सरसफाईमा ध्यान दिए मात्रै आधा भन्दा बढी रोग लाग्न त्यसै कम हुन्छन् ।’

कार्यक्रममा नगर उपप्रमुख साबित्रा बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डन, खोनपानी डिभिजन कार्यालय सल्यानका प्रमुख गुणनिधि पोख्रेल, खानेपानी उपभोक्ता महासंघ सल्यानका अध्यक्ष केशब बुढाथोकी, नेपाल रेडक्रस सोसाईटी सल्यानका मन्त्री ईन्द्र कुमार शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्मा, गैर सरकारी संस्था महासंघ सल्यानका सहसचिब कृष्ण बहादुर वली, पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर केसी लगाएतले बोलेका थिए ।

पास नेपालका सुपरभाईजर सोबिता बस्नेतको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन पास नेपाल सल्यानका जिल्ला कार्यक्रम अधिकृत रेशम डिसीले गरेका थिए । कार्यक्रममा सिरुवार टोललाई सरसफाई उन्मुख घोषणा गर्न सहयोग गर्ने दर्जन बढी ब्यक्ति तथा निकायहरुलाई सम्मान गरिएको थियो । सल्यानमा जिल्ला सरसफाई समन्वय समितीको सहकार्यमा पूर्ण सरसफाई सम्बन्धी एस.एन.भि. नेपालको सहयोगमा पास नेपाल सल्यानले काम गरिरहेको छ  ।

तस्विर ः रेशम डिसीकाे फेसबुकबाट 

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार