• २०७७ असोज १० गते शनिवार
  • Preeti To Unicode

ईट्टा भट्टामा पुगेका सल्यानका ३ बालिकालार्इ परिवारको जिम्मा लगाइयो


सरिता चलाउने
पुस १६, सल्यान ।
ईट्टा भट्टामा पुगेका सल्यानका तिन बालिकालाई परिवारको जीम्मा लगाइएको छ ।

कामको शिलशिलामा भक्तपुरको ईट्टा भट्टामा पुगेका कपुरकोट गाउँपालिका २ गर्पाका १२ बर्षिय सपना परियार, १३ बर्षिय मालती परियार, र १२ बर्षिया बिमला परियार लाई आज परिवारको जीम्मा लगाइएको हो । एक महिना पहिले घरवाट निस्किएका उनिहरुलाई जिल्ला बाल कल्यान समिती, भक्तपुरको नेतृत्व तथा बाल बिकास नामक संस्थाले उद्धार गरी सल्यान ल्याई पुरयाएको हो । उनिहरुलाई आज जिल्ला प्रशासन कार्यालय सल्यानले परिवारको जीम्मा लगाइएको हो ।

बालिकाको पुर्नमिलनमा गराउदै जिल्ला समन्वय समितिका संयोजक केशवहादुर विष्ठले बालबालिकालाई सवैले माया ममता दिएर संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए ।

फाइल फाेटाे 

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार