• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

मजदूरको न्युनतम मासिक ज्याला १५ हजार तोक्नुपर्छ ः प्रधानमन्त्री देउवा


पुस १६, काठमाण्डौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज काठमाण्डौमा गरेको चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलन’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला नौ हजार ७ सय धेरै कम भएको टिप्पणी गर्दै मजदूरले पाउने मासिक रकमबाट कम्तीमा पनि सानो परिवार पाल्नसक्ने हुनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै राम्रो ज्याला दिएर काममा लगाउन सक्नुपर्ने पनि बताए । उनले दलहरुले निर्वाचनअघि मजदूरका सम्बन्धमा घोषणपत्रमा उल्लेख गरेका विषय कार्यान्वयनमा ल्याउने बेला आएको स्पष्ट पारे ।

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार