• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

छिमेकीको विकासबाट नेपालले लाभ लिनुपर्छ ः प्रचण्ड


पुस १६, काठमाण्डौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताएका छन् ।

ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गरे । अर्काे प्रसङ्गमा अध्यक्ष प्रचण्डले वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत प्राप्त भएको र त्यो मतलाई देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील रहने पनि बताए ।

उनले राजनीतिक स्थायित्व कायम गरेर देशलाई आर्थिक समृद्धिको दिशामा लैजान आफूहरु क्रियाशील रहेको बताउँदै अब सुशासन र विकासको युग शुरु भएको धारणा राखे ।

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार