• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

ओली प्रधानमन्त्री भए प्रचण्डलाई अध्यक्ष बनाउनु पर्छ ः अग्नी सापकोटा


पुस १६, काठमाण्डौँ ।
नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु पर्ने बताएका छन् ।

उनले दुई पार्टीबीचको एकता नेताहरुको सम्मान हुने ढंगले गर्नुपर्ने धारणा व्यक्त गर्दै यस्तो बताए । भक्तपुरमा आज आयोजित कार्यक्रममा उनले एमाले,माओवादी पार्टी एकतामा ढिलाई गर्न नहुने धारणा राखे ।

यसैबीच नेता अग्नीप्रसाद सापकोटाले तत्काल राजीनामा दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । नेता सापकोटाले निर्वाचनमा पराजय भएर पनि पदबाट राजीनामा नदिएर प्रधानमन्त्री देउवाले नयाँ सरकार गठन गर्न अवरोध गरिरहेको आरोप लगाए ।

प्रकाशित मिति : २०७४ पुष १६ गते आइतवार