पुस १७, दाङ ।
दाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान गम्भीर घाईते भएका छन ।
घाईते हुनेमा दाङको लमही नगरपालीका ५ बस्ने सुनिल खड्का रहेका छन । उनलाई श्रीमती सिटिजा खड्काले घरायसी विवादमा गयराती खुकुरी प्रहार गरेकि हुन । माईती घर गढवा गाउपालीका १ धानखोलामा श्रीमान र श्रीमतिविच विवाद भएको बताइएको छ । खुकुरी प्रहारबाट श्रीमानको टाउकोमा गहिरो चोट लागेको छ ।
उनको लमहि अस्पतालमा सामन्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको प्रहरीले जनाएको छ । श्रीमती सिटिजालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै दाङमा शौचालय गएको बेला लडेर एक पुरुषको मृत्यु भएको छ ।
तुल्सीपुर उपमहानगरपालिका १७ का ५५ वर्षीय कोमल रिजाल शौचालय गएका बेला लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आफ्नो घर निर्माणकै क्रममा रहेकाले उनी तुलसीपुर उपमहानगरपालिका १९ विजौरीमा कृष्ण खड्काको घरमा छोरासंगै डेरामा बस्दै आएका थिए ।