• २०७७ माघ ८ गते बिहिवार
  • Preeti To Unicode

भष्ट्रचार न्युन गर्न सल्यानमा नेकपाले विनियोजित रकम सदुपयोग गर्न पहलकदमी चाल्ने


दुर्गा वि.सी.
पुस १७, सल्यान ।

सल्यानको बन्गाड कुपिण्डे नगरपालीकामा नेपाल कम्युनिष्ट पार्टीले चालु वर्षमा विनियोजित नगर र वडाको रुपमा काम गराउनको लागि पहलकदमी चाल्ने जनाएको छ ।

बन्गाड कुपिण्डे नगरपालीकामा नेकपाको आज सम्पन्न भएको नगर वैठकले यस क्षेत्रमा कर्मचारीबाट हुदै आएको रकम दुर्पेयोग र भष्ट्रचारी प्रवृद्धिलाई नियाली रहेको भन्दै त्यसलाई न्युनिकरण गर्नको लागि जोडदार माग गरेको छ । नगरको विकासमा निक्कै चासो देखाएको २ दिन सम्म चलेको वठैकले यस अघि कर्मचारी तन्त्रबाट हुने गरेका गलत गतिविधी र विकासे काममा तथा योजनामा सधै विनियोजित रकमको आधा मात्रै काम हुने गरेकोले सवैलाई सचिन आग्रह समेत गरेको नगर सेक्रटरी शंकर वुढाले वताए ।

बैठकमा अव तत्तकालै सवै जनप्रतिनिधीलाई भेटेर विकास योजनाको बारेमा जानकारी लिने समेत वताएको छ । सथानीय चुनाव सम्पन्न भई ९ महिना विती सक्दा समेत विनीयोजित रकमको १ प्रतिशत कामको सुरुवात हुन नसकेकोमा यस प्रति पार्टिको गम्भीर ध्यानकर्षण भएको नेपाल कम्युनिष्ट पार्टि बन्गाड कुपिण्डे नगर संयोजक कालुराम वादिले जनाए ।

साविक देवस्थल गाविसको वडा १ को गोप्य स्थानमा सो पार्टिले वैठकको आयोजना गरेको थियो । २ दिन सम्म चलेको वैठकले निक्कै महत्वपुर्ण कुरामा छलफल गरेको र बन्गाड कुपिण्डेको समग्र विकासको बारेमा किन अझै सम्म काम हुन नसकेको हो भनेर सवै जनप्रतिनीधीसँग भेटघाट गर्ने समेत जनाएको छ ।

प्रकाशित मिति : २०७४ पुष १७ गते सोमवार