• २०७७ असोज १० गते शनिवार
  • Preeti To Unicode

बागलुङमा भीषण आगलागी, दुई घर जलेर नष्ट


पुस १८, बागलुङ । 

बागलुङकाे ढोरपाटन नगरपालिका १ बुर्तिवाङ बजारमा  भीषण आगलागी भएको छ ।

मध्यरातमा भएकाे आगलागीबाट दुईघर पूर्णरुपमा ध्वस्त भएका छन् । बुर्तिवाङ बजार प्रभु फाईनान्सको नजिकै रहेको गणेश बुढा र रामबहादुर घर्तीको पक्की तीनतले घर खरानी भएको छ ।

ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार सदरमुकामबाट आएको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

आगोलागिबाट कुनै मानवीय क्षति भएको छैन । विद्युत सट भएर आगो लागेको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७४ पुष १८ गते मङ्गलवार