• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

सल्यान खलंगामा प्रतिक्षालय निर्माण


पुस १८, सल्यान ।
सल्यान सदरमुकाम खलंगामा प्रतिक्षालय निर्माण भएको छ ।

शारदा न.पा २ पुरानो वस पार्कमा निर्माण भएको प्रतिक्षालयमा विभिन्न जातका फुलहरु रोपन गरी उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश ज्वाला, जिल्ला समन्वय समितिका सह संयोजक हरिप्रकाश वुढाथोकी, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले संयुक्त रुपमा साेमबार उद्घाटन गरेका हुन् ।

स्थानीयको श्रम दान र शारदा वडा नम्वर २ को १ लाख १० हजारको लागतमा प्रतिक्षालय निर्माण भएको हो । यसै विच पुरानो वस पार्कलाई ब्यवस्थित र सुन्दर वनाउन, फोहर ब्यवस्थापन, ट्राफिक ब्यवस्थापन पनि सुरु भएको छ । प्रतिक्षालयमा खानेपानीको समेत ब्यवस्था गरिएको छ । चारपाङ्गे सवारी साधनहरु पुरानो वसपार्क देखि भिमसेनस्थान, गणेशथान हुदै एकतर्फी नयाँ वस पार्क जाने ब्यवस्था मिलाईएको छ । यस्तै पाकिङ्गको लागि पुरानो वस पार्ककै पश्चिम तिरको स्थान तोकिएको २ नम्वर वडाका अध्यक्ष केशव श्रेष्ठले वताए ।

ट्राफिक ब्यवस्थापन राम्रो गरेको भन्दै प्रोत्साहन स्वरुप ट्राफिक प्रहरी दुर्गा भूषाललाई ५हजार ५ रुपैया नगले पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : २०७४ पुष १८ गते मङ्गलवार