• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा एक स्वास्थ्य चौकीलाई जग्गा दान


लेकाली अनलाइन
पुस १८, सल्यान ।
सल्यानको शारदा नगरपालीका १३ मा रहेको स्यानीखाल स्वास्थ्य चौकीलाई जग्गा दान गरिएको छ ।
आफ्नो स्वास्थ्य चौकीमा जग्गा सहितको भवन नहँुदा विभिन्न समस्या झेल्दै आएको उक्त स्वास्थ्य चौकीले अहिले स्यानीखालमा रहेको लक्ष्मी माध्यामीक विद्यालयको भवनबाट सेवा दिदै आएको छ । स्वास्थ्य चौकीको समस्या देखेपछि स्थानीय इन्द्र कुमारी वली, भेदलाल वली, टेकबहादुर वली (क्षेत्री), भिमबहादुर वली, पुर्ण बहादुर बली, ठाकुर प्रसाद वली र टेक बहादुर वलीले जग्गा दान गरेका हुन् । उनिहरुले ३ रोपनी ८ आना जग्गा स्वास्थ्य चौकीको नाममा दान गरेका हुन् ।

उक्त जग्गा जिल्ला मालपोत कार्यालय सल्यान मार्फत आज स्यानीखाल स्वास्थ्य चौकीको नाममा नामसारी भएको हो । स्वास्थ्य चौकीको नाममा जग्गा नामसारी लिदै अहेव गणेशमान डाँगीले अब छिटै सोहि जग्गामा शारदा नगरपालीकाको सहयोगमा स्वास्थ्य चौकीको भवन निर्माण गर्ने बताएका छन् । भवन निर्माणकाे लागी काम सुरु भर्इसकेकाे छ ।

 

प्रकाशित मिति : २०७४ पुष १८ गते मङ्गलवार