दुर्गा वि.सी, लेकाली अनलाइन
पुस १८, सल्यान ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालीका वडा नम्बर ७ का वडा अध्यक्ष विनायक के.सी.ले घर घर पुगरे वृद्ध भत्ता बाँड्न थालेका छन् ।
वडा नम्बर ७ भित्र पर्ने घाँजरीपिपलको रामचाउन, गैरीकटेरी, घाँजरी, पाखापानी, लेखसँग्रहि, दारिम जिउला लगाएतका स्थानमा उनि घरमै पुगेर वृद्ध भत्ता वितरण गर्न थालेका हुन । घरमै पुगेर वृद्ध भत्ता वितरण गेपछि स्थानीय खुसी भएका छन् ।
बन्गाड कुपिण्डे नगरपालीकामा १२ वटा वडा मध्य यस्तो काम गर्ने उनि पहिलो वडा अध्यक्ष हुन् । वडा अध्यक्षको यो कार्यले हिडेर वडा कार्यालय सम्म पुगेर वृद्ध भत्ता लिन नसक्ने असक्त तथा अपांगता भएका नागरिकलाई ठुलो मदत पुगेको छ । अर्को तर्फ आफ्ना अभिभावक तथा अग्रजको वृद्ध भत्ता छोराछोरी तथा नातीनतिनाहरुले बुझेर उनिहरुका हातमा नपारेर अन्य क्षेत्रमा खर्च गर्ने देखिएकोले यस्तो कार्य गरेको वडा अध्यक्ष के.सी.बताउछन् ।
वडा नम्बर ७ रामचाउन निवासी ८९ वर्षिया कियुरी खत्रीले र वडा अध्यक्षको यस्तो कामबाट आफु निक्कै खुसी भएको वताइन् । यस अघि हिडेर वृद्ध भत्ता बुझन वडा कार्यलय जान नसकेकाले आफ्न्तले रकम बाटैमा खाईदिने गरेको तर अव पुरै रकम आफ्न्नै हातमा परेकोले वुढेसकालको साहारा त्यही झत्ता भएको उनले बताइन् । यसैबाट सबै काम चलाई खर्च टार्ने गरेको उनले वताईन् ।
अहिले अन्य ठाउँमा बुढेसकालको सहारा वृद्ध भत्ता वृद्धा वृद्धको हातमा नपरि घरका छोरा छोरीले बुझिने चलने गर्दा उक्त रकम अरुले खर्च गरिदिने गरेको पाईन्छ । यहि प्रथा हटाउन र यो रकम केवल बुढापाकाको लउरी बनोस भन्ने उदेश्यका साथ यो कदम चालीएको वडा अध्यक्ष के.सी.को भनाई छ । विहान १० वजे देखि वेलुकी ५ वजे सम्म आफ ुर वडाको १ जना कर्मचारीलाई साथमा लिएर वृद्ध भत्ता वितरण गर्न घरघर डुल्ने गरेको उनले वताए ।