• २०७८ जेष्ठ ३ गते सोमवार
  • Preeti To Unicode

हुम्लामा रुघाखोकीले ६ को मृत्यु, दर्जनौ बिरामी


नवराज महतारा
पुस १८, हुम्ला ।
हुम्लामा फैलिएको रुघाखोकीले जिल्लाको तल्लो भेगमा गरी पछिल्ला ३ दिनमा चार जानको मृत्यु भएको छ भने सयौजना बिरामी परेका छन् ।

रुघाखोकीले हिजोमात्रै ताँजकोट गाउँपालिका ५ मदानाकी रन्देवी परियार, नन्दकली परियारको मृत्यु भएको स्थानीय देवी परियारले जानकारी दिए । पुष दोस्रो सातादेखि शुरु भएको रुघाखोकीले मदना गाउँमा मात्रै झण्डै सयको संख्यामा बिरामी परेका छन् । शुरुमा ज्वरो आउने, टाउको दुख्ने खोकी लाग्नबाट शुरु हुने रुघाखोकी बिस्तारै घाँटी दुख्ने पखाला समेत चल्ने गरेपछि पाको उमेराका बिरामीलाई थप समस्या पारेको स्थानीयले बताएका छन् ।

जिल्लाको मध्य भेगमा पर्ने सर्केघार्ड गाउँपालिकाको रोडीकोटमा मात्रै तीन जनाको मृत्यु भएको छ । गएको आइतबार मात्रै ९१ व्र्षिय भ्याले कार्की, ९२ वर्षिय खैरे शाहीको मृत्यु भएको छ भने गएको शनिबार ८८ वर्षिय गोरे जैशीको ज्यान गएको सहायक प्रमूख जिल्ला अधिकारी ऋद्धीप्रकाश सिटौलाले जानकारी दिए । सहायक प्रमूख जिल्ला अधिकारी सिटौलाका अनुशार रोडिकोटमा मात्रै ४०÷५० जना रुघाखोकीले बिरामी छन् ।

रुघाखोकी र बिरामीको अवस्थाका बारेमा जिल्लाबाट थप अध्ययन गर्ने बारे जिल्ला स्वास्थ्य कार्यालयसँग संमोनय भएको सहायक प्रमूख जिल्ला अधिकारी सिटौलाले जानकारी दिए ।

प्रकाशित मिति : २०७४ पुष १८ गते मङ्गलवार