• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

प्रदेशकाे अस्थायी राजधानी तोकिएकाे छैनन् ः प्रधानमन्त्री कार्यालय । हिजाेकाे कुरा गलत हाे ?


पुस १९,  काठमाडौं ।

प्रधानमन्त्री कार्यालयले प्रदेशका अस्थायी राजधानी नतोकिएकाे बताएकाे छ ।

सरकारले अस्थायी राजधानी तोकिसकेको धनेर  मंगलबार केही सञ्चार माध्यमबाट सम्प्रेषित समाचारप्रति ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएकाले यस सम्बन्धमा भ्रममा नपर्न उक्त कार्यालयका प्रवक्ता तथा सहसचिव हरिप्रसाद पन्थीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०७४ पुष १९ गते बुधवार