पुस १९, चितवन ।
नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गृह जिल्ला चितवनमा एमाले र माअाेवादीका विद्यार्थी संगठनबीच झडप हुदाँ २ जना घाइते भएका छन्।
रामपुरमा रहेकाे कृषि तथा वनविज्ञान विश्वविद्यालयमा दुर्इ संगठनबिच झडप भएको हाे । माउ पार्टी एकताका लागि तयार भएकाे बेला बीएससी सेकेण्ड सेमेस्टरमा पढ्ने विद्यार्थीको कक्षा मनिटर चयनका विषयमा विवाद भएपछि अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीबीच झडप झडप भएको हो ।
झडपका कारण घाइते हुनेमा किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ रहेका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको को प्रहरीले जनाएको छ ।