• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

गठबन्धन तोडेर प्रधानमन्त्री हुने लाेभ छैन’ ः प्रचण्ड


पुस १९, काठमाण्डाैँ । 

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम गठबन्धन तोडेर प्रधानमन्त्री हुने कल्पना आफूले नगरेको बताएका छन् ।

बुधबार दिउँसो पार्टी कार्यालय, पेरिसडाँडामा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यसो भनेका हुन् । ‘हामीले वाम गठबन्धन बनाएर चुनाव लड्यौं, लाखौं कार्यकर्ता र करोडौं जनताले वाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्’, उनले भने, ‘अब त्यसबाट दायाँबायाँ हुने कल्पना पनि गर्न सकिँदैन । वाम गठबन्धन तोडेर प्रधानमन्त्री हुने कल्पना पनि गरेको छैन । मिडियामा भ्रमहरु आएका छन्, त्यसमा कुनै सत्यता छैन ।’

प्रचण्ड आफैँले माओवादी केन्द्रको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा केही दिन अघि गरेका थिए। उनले सरकार निर्माणमा कुनै बाधा नरहेको समेत बताए।

‘मतपरिणाम सार्वजनिक गर्न कानुनका केही व्यवस्थाले ढिलाई भएको हो’, प्रचण्डले भने, ‘सरकार गठनमा बाधा छैन। प्रक्रियामा गएको छ।’ उनले पार्टी एकताका विषयमा समेत छलफल चलिरहेको दावी गरे। तर केहि दिन यता प्राविधिक कारणले मात्र ढिला भइरहेको बताए।

प्रकाशित मिति : २०७४ पुष १९ गते बुधवार