• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

समानुपातिकमा गलत भएकाे भन्दै कांग्रेसले सच्यायाे सूची, क–कसको नाम सच्चियो ?


पुस २०, काठमाडौं ।

नेपाली कांग्रेसले प्रदेशसभातर्फको समानुपातिकतककर्फको सूची पहिले गलत भएकाे भन्दै पुनः सच्याएको छ ।

निर्वाचन आयोगको निर्देशनअनुसार कांग्रेसले बुझाएको सूची सच्याएको हो । क्रमागत रुपमा नाम नमिलेको, दलित उमेदवारको नाम नै छुटाएको भन्दै निर्वाचन आयोगले तीनदिनअघि बुझाएको सूची सच्याएको हो ।

कांग्रेसले यसअघि प्रदेश नम्बर १ मा पठाएको सीतादेवी पौडेलको नाम झिकेर शान्त पौडेलको नाम थप गरेको छ भने दलिततर्फ टेकचन्द्र विश्वासलाई हटाएर कल्पना कुमारी सरदारलाई पठाएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ

त्यसैगरी प्रदेश नम्बर २ मा महिला जनजाती कोटामा शोभाकुमारी लामाको नाम थपेको छ भने प्रदेश नम्बर ५ मा सूर्यमती उपाध्यायको नाम झिकेर शान्तिदेवी बर्माको थप गरेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७४ पुष २० गते बिहिवार