• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

हुम्लामा चिसोको कारण ६ जनाकाे मृत्यु


पुस २०, हुम्ला । 

चिसोको कारण हुम्लामा याे महिना ६ जनाकाे मृत्यु भएकाे छ ।

 

मृत्युहुनेमा  हुम्ला  सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको रुघाखोकी र ज्वरोबाट भएको छ । त्यस्तै  दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७-८ रोडिकोट गाउँका ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित ६ जनाको पनि यहि पुस दोस्रो हप्तामा मृत्यु भएको छ ।

निमित्त प्रजिअ ऋद्धिप्रकाश सिटौलाले तत्काल उक्त गाउँपालिकामा गई उपचार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएअनुसार बुधबारै उक्त कार्यालयबाट डा नवीन रोकायासमेत पाँच जनाको टोली औषधि लिएर दक्षिणी भेगमा गएको छ । हिमपातले चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन् ।

प्रकाशित मिति : २०७४ पुष २० गते बिहिवार