• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

सल्यानको जामुने खोलामा सामुदायिक स्वास्थ्य इकाई स्थापना


बुद्धि पुन
पुस २०, सल्यान ।
स्वास्थ्य क्षेत्रमा सेवाग्राहीको पहुँच अभिबृदि गर्नको लागी सल्यानको क्षत्रेश्वरी गाउपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ ।

पहिले गाउँघर क्लीनिक सञ्चालन भएको छत्रेश्वरी गाउपालिका वडा नम्बर ७ जामुनेखोलामा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिएको हो । स्वास्थ्य चौकीको पहुँच भन्दा टाढा रहेको बस्तीलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य ईकाई स्थापना गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।

गाउँपालिका अध्यक्ष सन्तोष केसीको प्रमुख आतिथ्यता र उपाध्यक्ष सिता केसीको बिशिष्ट आतिथ्यतामा भएको सामुदायिक स्वास्थ्य ईकाई कार्यक्रममा बोल्ने बक्ताहरुले हरेक ब्यक्ति लाई स्वच्छ र सन्दुरुष्ट हुन आग्रह गरेका थिए । हरेक ब्यक्ति स्वस्थ्य भएमा मात्रै बिकास निर्माण देखी हरेक क्षेत्रमा अगाडी बढ्ने बताउदैँ हरेक ब्यक्तिको आर्थिक अबस्थामा पनि सुघार आउने बताएका थिए ।

वडा नम्बर ७ का वडा अध्यक्ष मेघराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी अधिकृत डिल्ली खड्का, वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर बुढाथोकी, कार्यपालिका सदस्य दलबिर बिक लगाएतकाको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७४ पुष २० गते बिहिवार