• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

एकताबारे बामभित्र भिन्ना भिन्नै बाेलीः प्रचण्ड भन्छन् बाँडफाँडमा पहिले नै निर्णय भर्इसक्याे, खनाल भन्छन् कुनै निर्णय भएकाे छैन् ।


 

लेकाली अनलाइन
पुस २०, काठमाण्डौँ । 

पार्टी एकिकरण गर्ने नारा लिएर चुनाव जितेकाे नेकपा एमाले र माअाेवादी केन्द्र बिच अहिले पार्टी एकताकाे चर्चा चलिरहेकाे छ । तर शीर्ष तहका नेताहरुले भने फरक फरक कुरा बाेलिरहेका छन् ।

यसैबिच बिहिबार बामका दुर्इ जिम्मेवार ठुला नेता प्रचण्ड र झलनाथ खनालले फरक फरक कुरा बाेलेका छन् ।

नेकपा माेअादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बारेमा शीर्ष तहमा गम्भिर बहस भइरहेको भन्दै अन्य नेताहरुलार्इ जथाभाबी नबोल्न सुझाएका हुन् ।

गृह जिल्ला चितवनमा प्रेस चौतारी र प्रेस सन्टेर चितवनले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै  प्रचण्डले दुबै पार्टीका दास्रो तहका नेताहरुप्रति लक्षित गर्दै पद बाँडफाँड र पार्टीका अन्य आन्तरीक कुरा बोल्लन जरुरी नभएको बताए । उनले भने ‘‘लिडर सिप लेबलमा गम्भीर छलफल भएको छ , फिम्टी/ फिम्टीका कुरा अथवा यो रहन्छ वा के हुन्छ बोल्न जरुरी छैन ।’’  दुई पार्टीका दुई जना नेता भनेर पहिले नै निर्णय गरिसकेको बताउँदै दुई जना नेतालाई समुचित भूमिका दिने कुरामा विमति र विवादको अवस्था नरहेको प्रचण्डको भनार्इ छ ।

उता नेकपा एमालेका नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकतापिछ सरकार र पार्टीको प्रमुख को–को बन्ने भन्ने विषयमा पहिले निर्णय नभएको बताएका छन् । झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले वाम एकताका लागि निरन्तर छलफल भएपनि पद बाँडफाँडका विषयमा कुनै निर्णय नभएको बताएका हुन् ।

नेता खनालले दुबै दलका नेताबीच छलफल गरेर मात्रै पद बाँडफाँको निर्णय हुने बताए । ‘पार्टी अध्यक्ष कसलाई बनाउने र प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा हामी छलफलमै छौँ,’ उनले भने, ‘नेतृत्व पंक्तिबाट छलफल गरेर निष्कर्षमा पुग्छौं’ ।

तर यी दुर्इ नेताले भिन्ना भिन्नै कुरा गरेपनि एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् ।

प्रकाशित मिति : २०७४ पुष २० गते बिहिवार