• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

एउटै व्यक्ति प्रधानमन्त्री र अध्यक्ष हुन खाेज्दा गाँठो अल्झिएको छः झलनाथ खनाल


पुस २१, बिर्तामोड ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले एक व्यक्ति एक पदकै कारण पार्टी एकता र प्रधानमन्त्रीको नाम टुंगो लगाउने प्रक्रियामा गाँठो परेको बताएका छन् ।

झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता खनालले  एउटै व्यक्तिले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैै हुन खोजेकाले प्रक्रिया अल्झिएको र पार्टी एकताको प्रक्रिया प्याकेजमै टुंग्याउने प्रयासमा आफूहरु रहेको बताएका छन् ।

‘एक व्यक्ति एक पद चाहिँ भन्न मात्र सजिलो, कार्यान्वयन गर्न गाह्रो रहेछ,’  खनालले भने, ‘अहिले पनि यसैमा गाँठो परेको छ । तर, जति नै गाँठो परे पनि फुकाइन्छ, सुपारी गाँठै भएपनि केही फरक पर्दैन ।’

पार्टी एकीकरणका विषयमा दोस्रो र तेस्रो तहका नेता पनि सक्रिय रहेकाले अझ राम्रो लक्षण देखिएको खनालले बताए । यसले पार्टीलाई खँदिलो, सुदृढ र दिगो बनाउने खनालले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०७४ पुष २१ गते शुक्रवार