• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

नेपाललाई विकसित र सभ्य बनाउनुपर्छ ः प्रचण्ड


पुस २१, चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारकै सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताएका छन् ।

चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई संसारले हेर्नै पर्ने देश बनाउनुपर्नेमा जोड दिए । राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय अब सकिएको भन्दै उनले अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताए । उनले नेपालमा नयाँ संविधान निर्माण गरी स्थानीय तहदेखि प्रदेश हुँदै संघ समेतको निर्वाचन सम्पन्न भएकाले अब देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने धारणा राखे ।

अब विकास निर्माणलाई गति दिन नसके नेता मात्रै होईन, सिँगै नेपाल नै असफल हुने भन्दै उनले अहिलेसम्म राजा र निरंकुशलतालाई दोष दिएपनि अब दोष लगाउने कुनै ठाउँ नभएको बताए ।

प्रकाशित मिति : २०७४ पुष २१ गते शुक्रवार