• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

मन्त्री बिर बहादुर बलायरले पत्रकारलाई धम्की दिए


पुस २१, दिपायल ।
त्रिवेणी एफएम डोटीका स्टेशन म्यानेजर तथा प्रेस सेन्टर डोटीका सचिव पत्रकार कर्ण चन्दलाई मन्त्रिको धम्की आएको छ ।

समाचारको बिषयलाई लिएर आफूलाई भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बिर बहादुर बलायरले धम्कि दिएको पत्रकार चन्दले बताएका छन् । डोटीको दिपायललाई प्रदेशराजधानी बनाउनुपर्ने माग सहित भएको आन्दोलनको समाचार र रेडियो रिपोर्ट प्रसारण भएपछि हिजो ९ बजे आफूलाई फोन गरि मन्त्रि बलायरले धम्कि दिएको चन्दले बताए ।

प्रेस चौतरी डोटीले विज्ञप्ती जारी गरी यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : २०७४ पुष २१ गते शुक्रवार