• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

मोटरसाईकलको ठक्करबाट १ महिलाको मृत्यु


इन्द्र ब. बुढाथोकी
पुस २१ सल्यान ।
सुर्खेतको सिम्ता गाउँपालीका वडा नम्बर ६ राकममा मोटरसाईकलको ठक्करबाट १ जनाको ज्यान गएको छ ।

जामुने वजार देखि सल्यानको सल्लीवजार आउँदै गरेको भे ६ प ७७५७ नं को मोटरसाईकिलले ठक्कर दिदाँ सिम्ता गाउँपालीका वडा ६ राकम निवासि ४९ वर्षिया जयभद्रा शाहीको मृत्यु भएको छ । शाहि पिठ्युँ मा भारि बोकेर सडक क्रस गर्दै गर्दा तीब्र गतिमा हुइकेको मोटरसाइकलले ठक्कर दिएको हो । सिम्ता गाउँपालीका राकममा रहेको इलाका प्रहरी कार्यालय नजिकैको दुरीमा घटना घटेको थियो ।

मोटरसाईकल चालक बनगाड कुपिण्डे नगरपालीका १ सल्लीवजार निवासि कमल वि.सी.र यज्ञ घर्तिमगरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७४ पुष २१ गते शुक्रवार