• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा चुनावी खर्चः हार्नेले बुझाए, जित्नेले बुझाएनन्


सरिता चलाउने
पुस २१, सल्यान ।
सल्यानमा ६ जना प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण पेश गरेका छन् ।

मंसिर २१ गते सम्पन्न भएको चुनावबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेत , प्रदेश सभा सदस्य क्षेत्र न क का गुलाबजंग शाह र ख का प्रकाश ज्वालाले आजसम्म आप्mनो निर्वाचन खर्च विवरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

उम्मेदवारको खर्च विवरण निर्वाचन आयोगले निर्धारण गरेको सिमा भित्रै रहेर खर्च विवरण आएको जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख महेश शर्माले जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभा सदस्यको उम्मेदवारले अधिकतम २५ लाख र प्रदेश सभा सदस्यका उम्मेदवारले अधिकतम १५ लाखसम्म खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र बहादुर शाहले १९ लाख ५२ हजार, राष्ट्रिय जनमुक्ति पार्टीका खड्क बहादुर पुनले २३ हजार खर्च गरेको पाइएको छ । यस्तै प्रदेश सभा सदस्य क का उम्मेदवार नेपाली काँग्रेसका एकराज डाँगीले ११ लाख ५ हजार ७ सय ७०, स्वतन्त्र उम्मेदवार भीम प्रकाश शर्माले ९ लाख ६६ हजार खर्च विवरण पेश गरेका छन् ।

त्यस्तै प्रदेश सभा ख मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज रेग्मी ११ लाख ४१ हजार ३००, राष्ट्रिय जनमुक्ति पार्टीका डन्डविर पुनले ११ हजार ४ सय ५० खर्च भएको विवरण पेश गरेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन परिणाम आएको समयदेखि ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाईसक्नु पर्ने व्यवस्था भएपनि आजसम्म ६ उम्मेदवारले मात्र खर्च विवरण पेश गरेका छन् ।

सल्यानमा प्रतिनिधि सभा सदस्यमा ८, प्रदेश सभा क मा ५ र ख मा १० उम्मेदवारले उम्मेदवारी दिएका थिए । जसमध्ये अझै १७ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् ।

प्रकाशित मिति : २०७४ पुष २१ गते शुक्रवार