लेकाली अनलाइन
पुस २१, सल्यान ।
धेरैको प्रतिक्षामा रहेको गायक नेत्र भण्डारी र गायीका रुक्मणी रिजालको स्वरले भरीको मार्मिक लोक गीत “हार्दिक श्रद्धाञ्जली” आज सार्वजनीक भएको छ
माया प्रेम सँग सम्बन्धीत रुक्मणी रिजालको उक्त गीत म्युजिक नेपालको युटुब च्यानल मार्फत बजारमा आएको हो । लोकदोहोरी गीत “हार्दिक श्रद्धाञ्जली” सार्वजनीक हुनुभन्दा अगाडीनै चर्चामा रहेको र धेरैले प्रतीक्षा गरेको गीत हो ।
गीतको कथा अनुसार गीतमा अभिनय गर्ने मोडलहरुले एक अर्काको फोटोमा हार्दिक श्रद्धाञ्जली लेख्नुपर्ने भएको र उनीहरुले लेखेकै कारण यो गीतले प्रकाशन अगाबै चर्चा र आलोचना बटुलेको थियो ।
म्युजिक भिडियोमा देखाएको कथा अनुसार मोडल बिमल अधिकारी र सारिका केसीको यात्राको क्रममा भेट भएपछि मायामा केहि खटपट देखिएको हुन्छ ।
त्यसपछि बिमल रिसको झोकमा सडकमा हिडिरको अबस्थामा मोटरसाइकलले ठक्कर दिदाँ उनको मृत्यु हुन्छ । त्यसैगरी रिसले चुर भएर जंगलमा हिडिरहेकी सारिका पनि ढुङगामा ठेस लागेर रुखमा ठोकिदाँ उनको पनि मृत्यु हुन्छ ।
मृत्युसँगै उनिहरुले एकअर्कालाई भन्छन्, “गए म आगो सँगै बली, टाढा हौली मलामी जान तिमी नपाउली, फोटो हाली फेसबुकमा लेख्दीए हार्दिक श्रद्धाञ्जली ।’’
गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र सारिका केसीको अभिनय रहेक देखिन्छ । सन्ध्या केसीले सिर्जना गरेको उक्त गीतको लय गायक रामु खड्का ले गरेका छन् । कपिल लामा को निर्देशन, अ्अर शाक्य को सम्पादन रहेको गीतको छायाँकन सुरेस श्रेष्ठले गरेका छन् ।
भिडियाे हेर्नुहाेस्