• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

जाजरकाेटमा महामारी फैलियाेः ९ जनाकाे मृत्यु, ६ सय बढीकाे यस्ताे छ नाजुक अवस्था ?


पुस २२, जाजरकोट ।

एक साता देखि जाजरकाेटमा फैलिएकाे रुघाखोकी र भाइरल ज्वरोका कारण ९ जनाकाे ज्यान गएकाे छ । महामारीबाट ६ सय भन्दा धेरै बिरामी भएका छन् ।

मृत्यु हुने मध्य अहिले ५ जनाको पुष्टि भएकोकाे छ । जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, २ का ५७ वर्षीय आइती तिरुवा, जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाही , ८ वर्षिय धनवहादुर विक र ४ बालबालिका समेत रहेका छन्।

ज्वरो र रुघाखोकीले जुनीचाँदेका तीन सय बढी गाँउलेहरु बिरामी परेका स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए। उनले स्वाथ्यचौकीमा दैनिक ४०/५० जना भाइरलका बिरामी आउने गरेको बताए। प्रभावित क्षेत्र जिल्ला सदरमुकाम खलंगाबाट दुई दिनको पैदल दुरीमा पर्छ। मौसम परिवर्तनसँगै चिसो बढेपछि गाँउमा बिरामीको संख्या बढ्दै गएको इन्चार्ज सिंहले बताए ।

सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन्। एउटै घरमा ३/४ जनासम्म बिरामी परेको जुनीचाँदे गाँउपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए। मजकोटका प्रायः घरका मानिस बिरामीले थलिएका छन्। बिरामी हुनेमा बढीजसो बालबालिका, बृद्धबृद्धा र महिला रहेका छन्।

बिरामी स्वास्थ्य संस्था नआई झारफुक तिरै लागेकाले बिरामीको मृत्यु हुने गरेको जुनिचादे गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिएका छन् ।
गाउँपालिका १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाँउ, वडा नं २ को मजकोट, आलीमौगाना र वडा नं ३ का डाडाकोट र परालेमा भाइरल ज्वरो र रुघाखोकी प्रकोपको रुपमा देखापरेको अध्यक्ष केसीले जनाए ।

सबैभन्दा बढी वडा नं २ मजकोटमा बिरामी देखापरेका छन्। एउटै घरमा ३/४ जनासम्म बिरामी परेका छन । भौगोलिक विकटताका कारण स्वास्थ्य संस्था टाढा रहेको र स्वास्थ्य संस्थामा भरपर्दो उपचार नहुँदा समस्य भएको छ ।

बिरामी हुनेमा बढीजसो बालबालिका, बृद्धबृद्धा र महिला रहेका छन्। बिरामीहरुमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने,चिटचिट पसिना आउने, ज्वरो आउने लगायतका समस्या देखिने गरेको छ।

भाइरलको प्रकोप फैलिएको सूचना पाएपछि जिल्ला स्वास्थ्यले रोग पहिचानको लागि महामारी स्रोत व्यक्ति ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा पठाएको जनाएको छ।
भयो ।

प्रकाशित मिति : २०७४ पुष २२ गते शनिवार