• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

राेल्पाका पत्रकार जिवन डाँगी सल्यान अाउँदा यस्ताे बन्याे स्टाेरी ?


पुस २२, सल्यान ।
नेपाल पत्रकार महासंघ राेल्पाका सचिव जिवन डाँगी यहि पुस १७ र १८ गते सल्यान अाएका थिए । राेल्पाकाे जिनाबाङमा जन्मिएका डाँगी राेल्पाकाे लिबाङबाट संचालित सामुदायीक रेडियाे राेल्पामा कार्यरत छन् । उनि राेल्पाबाट विभिन्न राष्ट्रिय मिडियामा पनि संवातदाताकाे रुपमा काम गछन् ।

जिनाबाङमा जन्मिएका डाँगी सल्यान हुदै दाङतिर सानाे उमेरमा प्राय यात्रा गर्ने गर्दथ्ये । उनै पत्रकार जिवन डाँगी ४ बर्ष पछि यसपटक सल्यान अाउदा देखेका कुराहरु यसरी लेखेका छन् ।

यात्रा : सल्यान पुग्दा – राम्रीको दृष्य
जिवन डाँगी

हामी यात्राकै दौडानमा थियौँ । चर्चित शहर तुलसीपुरको बसाँई पछि, प्रदेश नं. ६ को सल्यान जिल्ला पुग्ने मनसाय भयो । सल्यान नपुगेको पनि करिब ४ बर्ष भए छ । अझ भनौँ ३ जिल्लाको मुुटु मानिने कपुरकोट पुग्नै पर्ने लक्ष्य राखियो । बर्षौ पहिले जिनाबाङ रोल्पाबाट – हिडेरै सल्यान कपुरकोट पुगेको सम्झीए । कपुरकोट नजिकै निगालपानीबाट पहिलो पटक दाङका लागि गाडी चढेको थिए । पुनारा दृष्य मानसपटलमा खेलिरहेका थिए । मनमा सल्यान पुग्नै पर्ने दबाद प¥यो ।

चिसो यामको समय । हुस्सुले टम्म ढाकेको तुलसीपुर, बिहानैको यात्रा सुरु भयो । यात्रामै जुटेका हामी, चिसो भएतापति गोठीखोला, राम्री, सल्यान कपुरकोटको दृष्यमा रमाउने आतुरतामा थियौँ । यात्रा कपुरकोटमै गएर राकिने पक्का थियो । एक रात त्यहाँनै बिताउने साथीहरुको सहमती भयो ।

अघि बढेकै थियौँ । गोठीखोला पुग्दा घाम झुल्की सकेको थियो । बिस्तारै चिसो पनि हट्यो । कपुरकोटको सुन्दरका कैद गर्ने, राम्री गाउँ पुग्दा सेल्फी खिच्ने रहर पक्कै पनि थियो ।

राम्री अबस्य पनि राम्रो नै होला ? गाउँको नामै राम्री । किन राखियो होला ठाउँको नामै राम्री कौतुहल्ता छ । राम्री गाउँको तरकारीले कुनैबेला राम्रै चर्चा पाउथ्यो । हुनत आज पनि राम्री उतिकै उचाईमा छ ।

राम्री राप्ती लोकमार्गमै पर्दछ । दिनमा हजारौ यात्रा गर्दछन । गाउँ सुन्दर, त्यहाँबाट देखिने दृष्य पनि उतिकै सुन्दर तर पनि अनगन्ती संख्यामा सवारी गुड्ने राप्ती लोकमार्गको भने निकै दयनीय अबस्था छ । बर्षादको समय भयो कि पश्चिम रोल्पा, सल्यान, रुकुमका यात्रुले कस्टपुर्ण यात्रा गर्ने गर्दछन । सल्यान, रुकुम जोड्ने पुरानो र एक महत्पुर्ण मार्ग राप्ती लोकमार्ग हो ।

यस मार्ग ब्यबस्थीत बनाउन लाखौँ रकम खर्च भएको छ । तर पनि ४ बर्ष पहिले भन्दा मैले अझै दुखद अबस्था देखे । सड्कको धुलो देखेर – केहिबर्ष पहिलेको दृष्य मनमा आयो । दाङ तुलसीपुर बाट, सल्यान कालाखेत सम्म मात्रै गाडी चल्ले गर्दथ्यो । यात्रुको निकै चाप, गाडीको संख्या थोरै, छतको यात्रा हुन्थ्यो । सड्कै भरी थुलो, खादै यात्रा गरिन्थ्यो । छतमा बस्न बितिकै धेरैको आबाज आउथ्यो – अब सुरु हुने भयो नेपाली पाउडर खाने पालो । धुलो अर्थात नेपाली पाउडर खादै यसपालिको यात्रा पनि सल्यान सम्म पुगियो ।

…………………

कपुरकोट पुगियो । मित्र शंकर केसी, उत्तर साहु बहिनी शिबा, हिमा संग अचानक भेट भयो । चियाको गफ संगै रेडियो कपुरकोटको अबलोकन गरियो । बसाँई दाङ, सल्यान र रोल्पाको संगमस्थल कपुरकोट बजारमै हुने भयो । बषौँ पहिले धेरै पटक म यहाँ बसेको थिए । आज ती रात सम्झीरहेको छु ।

बिहानै सुरु भयो श्रीनगर सल्यानको यात्रा । घुम्तीनै – घुम्ती भएको सड्कको यात्रा । मौसम चिसै छ । बिहानको खाना श्रीनगरमै खाने मित्रहरुको सल्लाह भयो । खाना पछि हाम्रो यात्रा सदरमुकाम खंलगा तिर हुने छ । लान्ती बजार पुरै हुस्सुले ढाँकेको दृष्य देखियो । सारदा नदीको किनारै किनार मनोरम दृष्य हेर्दै, श्रीनगर पुग्ने चाहना पुरा नहुने भयो । सहयात्री भिम, बिमल संग कुरामा आजै तुलसीपुर फर्किने सल्लाह भयो । किन कि – सल्यानमै बस्दा फेरि पनि बिहानै यात्रा हुन्छ, हुस्सुले दृष्य देखिदैन । त्यसकारण बेलुकीनै फिर्ता हुने ।

श्रीनगरको होटेल युनाईटेडमा खाना खाने कुरा भयो । निकै ठुलो लगानीमा आफ्नै ठाउँमा केहि गर्नुपर्छ भन्ने संचालक बिकास डिसी दाईको उदेश्य रहेछ । युबा ब्यबसायी बिकास दाई संग छोटो समयमै धेरै महत्वपुर्ण सहयोेगको अपेक्षा भयो ।

…………………

श्रीनगर घुमेर, सल्यान सदरमुकाम खंलगा तिर लागियो । सल्यान राम्रो, सल्लेरी पाखैले भन्ने गित धेरै बर्ष पहिले सुनेको मैले, गित याद गर्दै यात्रा गरिरहेको थिए । साच्चै सल्यानको सुन्दरतामा सल्लेरी पाखाले पनि साथ दिएको रहेछ । पटक पटक कपुरकोट, श्रीनगर, थारमारे पुगे पनि सदरमुकाम भने मेरो पहिलो यात्रा थियो ।

उकाली लाग्दै गर्दा मित्रहरुकोे फोन आएकै थियो । पुरानो बसपार्क नजिकै डाँडामा फोटो खिचेर, तहल्का रेडियामा कार्यरत मित्र खगेन्द्र केसी कहाँ पुगियो । मिडिया भिलेज जहाँ सल्यानका ४ वटा रेडियोहरु छन । हामी त्यही पुग्यौँ । खगेन्द्रको सल्लाह अनुसार सल्यानका मित्र तथा अग्रजहरुको खोजीमा लागियाँै ।

रेडियो तहल्का नजिकै रहेको रेडियो सारदा अबलोकन गर्दै, म खगेन्द्र, भिम वली र बिमल डाँगी – शिब दाईको रेडियो अर्थात शिब डाँगी दाईले काम गर्ने रेडियो राप्तीमा जाने कुरा भयो । मैले फोन गर्दा, दाईले रेडियोमै भएको जानकारी दिनुभयो ।

हामी त्यहाँ पुग्दा डाँडामा बसेर घाम तापिरहेका केहि पुनारा त केहि नयाँ साथीहरु संग भेट भयो । चुनाबताका नाटकको नेतृत्व गरेर रोल्पा आउनुभएका दाई युबराज आली, शिब, मित्र बुद्धि पुन, बालाराम डाँगी लगायत संग न्यानो भेटघाट भयो । त्यसपछि हाम्रो यात्रा पुनः श्रीनगर हुदै कपुरकोट, तुलसीपुर सम्म भयो । भोली बिहानै लिबाङ ।

सल्यान निकै सुन्दर र रमनीय छ । कपुरकोटको तरकारीले धेरै जिल्ला धानेको छ । धेरै युबाहरु पनि ब्यबसायमा जोडिएका रहेछन । कोहि होटेल, कोहि तरकारी खेती, अदुवा, सुन्तला सल्यान जिल्लाका पहिचान हुन । बर्षौ पछि सल्यानको यात्रा निकै रमनीय रह्यो । यात्राका मित्र भिम वली र बिमल डाँगी प्रति बिशेष धन्यबाद ।

प्रकाशित मिति : २०७४ पुष २२ गते शनिवार