• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा राजधानीको हल्ला: देखियो यस्तो अनौठो, कपिलवस्तु ठिक भएकाे सांसद निष्कर्ष


पुस २३, काठमाण्डाैँ ।

सरकारले प्रदेशको अस्थायी मुकाम तोक्न ढिलाई गर्दा यहाँका घर जग्गा कारोवार व्यवसायीहरु तरंगित भएका छन् ।

सञ्चार माध्यम तथा विभिन्न सूत्रहरु मार्फत राजधानीका वारेमा गरिने चर्चाले घर जग्गा कारोवार व्यवसायीहरु तरंगित भएका हुन् ।

सरकारले पाँच नं प्रदेशको राजधानी दाङ तोक्ने र प्रदेशका मन्त्रालयहरु वेलझुण्डिस्थित नेपाल संस्कृत विश्व विद्यालयको भवनमा बस्ने चर्चा सँगै केही दिन यता त्यस आसपासमा निकै भिड लाग्ने गरेको थियो ।

दुई महिना पहिलेसम्म प्रति कटठ ६ लाख रुपैयाँ सम्म पर्ने जग्गालाई २० लाख रुपैयाँ सम्म बिक्री वितरण भएको स्थानीय राजन लामिछानेले जानकारी दिए । उनका अनुसार पछिल्लो एक महिनामा वेलझुण्डिमा दैनिक २० ओटा देखि ४० ओटा कारहरु जाने गर्दथे ।

प्रत्यक चोकमा जग्गाको भाउको वारेमा मोलमोलाईया हुने गरेको लामिछानेले जानकारी दिए । ‘तर, हिजो देखि एकाएक वेलझुण्डिमा गाडीहरु देखिन छाडे,’ उनले भने, ‘चोक चोकमा लमहीमा प्रदेशको अस्थायी मुकाम हुने हल्ला चलेको छ ।’

आजभोली लमही नगरपालिकाका भित्रि सडकहरुमा नयाँ नयाँ मान्छेहरु कारमा आउने गरेको स्थानीय कालुराम चौधरीले जानकारी दिए । ‘हामीलाई पनि जग्गा बिक्रि गर्छौं भनेर सोध्छन्,’ उनले भने, ‘चार÷पाँच लाख रुपैयाँ पर्ने जग्गालाई अहिले १० लाख रुपैयाँ सम्म भन्ने गरेका छन् ।’

प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुनुभन्दा पहिले सरकारले प्रदेशको अस्थायी मुकाम तोक्ने अनुमान गरिएको थियो । तर, निर्वाचन सकिएको लामो समय वितिसक्दा समेत सरकारले अस्थायी मुकाम तोक्न सकेको छैन ।

यो सरकारले अस्थायी मुकाम नतोकेर नयाँ सरकारलाई तोक्ने जिम्मा दिने चर्चा चलेसँगै जग्गा व्यवसायीहरु थप तरंगित भएका छन् । केही व्यवसायीहरुले जग्गा खरिदका लागि महंगोमा करौडौं रुपैयाँ वयाना समेत दिइसकेका छन् ।

पाँच नं प्रदेशको राजधानी दाङ हुने कुरामा प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु सहमत भइसकेको एक मन्त्रिले जानकारी दिए ।

तर, अन्य केही प्रदेशमा अस्थायी मुकाम कहाँ राख्ने भनेर र प्रदेश पालमा सहमती हुन नसक्दा अस्थायी मुकाम तोक्न ढिलाई भएको उनको भनाई छ ।

पाँच नं प्रदेशको राजधानी दाङ तोकिने र त्यसको कार्यालय घोराही र वेलझुण्डिमा नै रहने ती मन्त्रीको दावी छ । याे खबर पाण्डव शर्माले चेतना अनलाइनमा लेखेका छन् ।

प्रदेश ५ को राजधानी कपिलवस्तु नै ठिक सांसद निष्कर्ष
५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु बनाउन विगत केही समयदेखि सङ्घर्ष गर्दै आएको कपिलवस्तु युवा सङ्घर्ष समितिको आयोजनामा आज सदरमुकाम तौलिहवामा ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु नै किन हुनुपर्छ भन्ने सन्दर्भमा आयोजित अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद चक्रपाणी खनाल “बलदेव” ,क्षेत्र नम्बर २ काबाट निर्वाचित सांसद बृजेश कुमार गुप्ता लगायत, कपिलवस्तु जिल्ला बाट प्रदेश सभामा निर्वाचित प्रदेश सदस्यहरू क्रमशः दिर्घनारायण पाण्डे ,अर्जुन केसी,धर्मबहादुर लाल श्रीवास्तव ,सहसराम यादव ,नगर/गाउँपालिका का प्रमुख/उपप्रमुख लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी, बौद्धिक वर्ग, युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि हरुको उपस्थित रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बलदेवले कपिलवस्तु लाई ५ नम्बर प्रदेशको राजधानी २ तिहाइ बाट मात्र होइन सर्वसहमतीबाट हुनुपर्ने बताए । कपिलवस्तुले नेपाललाई संसारमै चिनाएको बताउँदै कपिलवस्तु ऐतिहासिक ,पुरातात्त्विक हिसाबले पनि भरिपूर्ण जिल्ला भएकोले ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तुको विकल्प नभएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि बृजेश कुमार गुप्ताले कपिलवस्तुलाई नेपालका शासक हरुले इतिहास देखि नै उपक्षा गर्दै आएकोले त्यसको क्षतिपूर्ति तिर्न पनि कपिलवस्तु लाई राजधानी बनाउनु पर्ने बताउनु भयो साथै कपिलवस्तु क्षेत्र नम्बर १ को २ बाट निर्वाचित प्रदेश सदस्य सहसराम यादवले आफ्नो पार्टीबाट प्रदेश सभामा सहभागी हुने सम्पूर्ण प्रदेश सदस्यहरूले कपिलवस्तुलाई राजधानी बनाउन मतदान गर्ने बताए । याे खबर साझासवालमा रहेकाे छ ।

प्रकाशित मिति : २०७४ पुष २३ गते आइतवार