श्रवन देवकोटा, लेकाली अनलाइन
पुस २३, सल्यान ।
२ सय ३ सालको नेपाली नागरिकताको प्रमाणपत्र भेटियो भन्दा तपाई अचम्म मान्नुहुन्छ होला । तर सल्यानमा २०३ सालको नागरिकताको प्रमाणपत्र भेटिएको छ ।
सल्यान साविकको कोटमौला गाविस वडा नम्बर ७ की ज्योति डाँगीको नागरिकताको प्रमाण पत्रमा उक्त मिती देखिएको हो ।
त्यो मितीमा उनको जन्म भने भएको हैन् तर नागरिकता बनाउने टोलीले त्यस्तो राखिदिएका छन् ।
२००३ कार्तिक १ जन्मिएकी डाँगी अहिले ७१ बर्षकी भएकी छन् । तर २०४४ साल माघ १० गतेको तत्कालीन श्री ५ को सरकार जिल्ला कार्यालय सल्यानमा जारी भएकाे नागरिकता कर्मचारीको लापरबाहीले यस्तो भएको हो ।
प्रमाण पत्रमा तत्कालीन अधिकारी महेन्द्र प्र. राजभण्री को हस्ताक्षेर रहेको छ । उक्त नागरिकताको प्रमाण पत्रमा भएको गलत मिती अहिले सम्म कुनै पनि कार्यालयले ख्याल नगरेको ज्योति डाँगीले बताएकी छन् ।