पुस २३, सल्यान ।
सल्यानमा सदरमुकाम देखि बालुवासंग्रही सडक निर्माणमा प्रश्नचिन्ह जनाउदै साहुटोलका स्थानियले जनप्रतिनिधि सहित जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका छन ।
शारदा नगरपालिका ३ र ४ का वडा अध्यक्षलाई गुहारेर दुवै वडाका साहुटोलका स्थानियले विरोध गरेका हुन ।
ध्यानाकर्षण लिएर शारदा नगरपालिका ३ का अध्यक्ष टोपबहादुर थापा र ४ का अध्यक्ष सुधन विष्ट सहितको टोली जिल्ला प्रशासन र जिल्ला प्राविधिक कार्यालयमा पुगेको थियो ।
उनिहरुले मापदण्ड अनुसार सडक निर्माण नगरेको सडक निमार्ण भैरहदा बस्तीमा धुलो धुवा र बातावण प्रदुशन भएको भन्दै उनिहरुले बाताबरण सन्तुलन राख्न दैनिक पानि सिचाई गर्नुपर्ने भन्दै नगरे पौष २५ देखि निर्माणका निम्ती चल्ने यातायात बन्द गर्ने चेतावनी दिएका छन ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले निर्माणका काम कसैले रोक्न नहुने भन्दै सम्बन्धीत निकायसम्म गुनासो पुराउने र आफुले मागका विषयमा सम्बन्धीत व्यक्ती र संस्थासग छलफल गर्ने बताएका छन ।
त्यस्तै प्राविधिक प्रमुख कृष्ण पण्डितले आफुहरुले नियमित अनुगमन गरिरहेको, अनुगमनका क्रममा नै हिजो मात्रै अनुगमन तथा मुल्यांकन फाराम भरेको र त्यसैमा समूदायस्तरबाट भएका कुराहरुलाई ल्याएर कार्यालयमा आएकोमा धन्यवाद दिएका थिए ।
उनले आगामि चैत्र सम्म काम सक्नेगरि भएको ठेक्कामा ठेक्काको जिम्मा लिएको सन्तोषी निर्माण सेवाले ६५ प्रतिशत मात्रै काम गरेर ढिला गरेको पनि जनाएका छन । उनले निर्माणको काम पनि गरिरहेको कम्पनीलाई केहि समय ढिला भयो भनेर आफुले अनुगमणका क्रममा भनिरहेको बताएका छन ।
यस बारेमा सन्तोषी निर्माण सेवाका प्रतिनिधि विशाल पन्तलाई सोध्दा काममा ढिलाई भएको स्वीकार गर्दै विभिन्न ढिला हुनका कारण पनि खुलाएका छन । एउटा सामान विग्रिएमा सामान बनाएर ल्याउदा १५ दिन लाग्ने यो ठाउमा विचमा काम गर्दागर्द परेका चाडवाड र चुनावका कारण पनि निर्माणमा केहि ढिलाई भएको स्पष्टिकरण दिएका छन । उनि भन्छन– हामीलाई पनि चाँडै काम गरेर जाने मन त छ तर ४÷५ महिना ढिलाई भएको छ यसमा हामी चाँडै काम गर्छौं ।
खलंगादेखि बालुवासंग्रही सम्म सडक स्तरोन्नतीको जिम्मा लिएको सन्तोषी निर्माण सेवाले आगामी चैत्र सम्म ज्यामिरे स्कुल सम्म ओटासिल र बालुवासंगही सम्म ग्राभिल गर्नेछ । सन्तोषी निर्माण सेवाले माघ १५ बाट नै सदरमुकाम तर्फबाट गिठिविछ्याउने काम भएसंगै ओटासिलको काम पनि हुने जनाएको छ । काममा केहि ढिला भएपनि काम राम्रो भएको निर्माण सेवाले जनाएको हो ।
विश्व बैकको सहयोगमा ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्तरगत २४ करोड ६१ लाख १८ हजार ६५० लगानीमा खलंगा सिमखर्क बालुवासंग्रही सडक काम भैरहेको छ ।