• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा पूर्ण सरसफाईका लागि अभियान


सरिता चलाउने
पुस २३, सल्यान ।

सल्यानमा पूर्ण सरसफाईका लागि अभियान सञ्चालन हुने भएको छ ।

जिल्ला सरसफार्इृ तथा स्वच्छता समन्वय समितिको वैठकले जिल्लाका ३ नगरपालिका र ७ गाउँपालिका सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरी अभियान सञ्चालन गर्ने निणर्य गरेको छ ।

वैठकले जिल्लामा सरसफाई क्षेत्रमा काम गरिरहेका गैह्रसरकारी संस्थाहरुको को चालु आर्थिक वर्षको कार्यक्रमको अनुमोदन समेत गरेको छ । सरसफाई क्षेत्रमा काम गरिरहको पत्रकारहरुको सहभागिता वास फोरम समेत गठन गर्ने निणर्य गरेको छ । वैठकमा जिल्लाको सरसफाईको अवस्था वारे समिक्षा समेत भएको छ ।

सरसफाई अभियानलाई निरन्तर सञ्चालन गर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख केशवहादुर विष्ठले वताएका छन् । जिल्ला सरसफाई समन्वय समितिको वैठकलाई सम्वोधन गर्दे विष्ठले सरकारी र गैह्रसरकारी निकाय विचको आपसी समन्वयवाट पूर्ण सरसफाईको अभियान सञ्चालन गर्नु पर्ने वताए ।

प्रकाशित मिति : २०७४ पुष २३ गते आइतवार