• २०७८ असार ९ गते बुधवार
  • Preeti To Unicode

बिधालयमा अभिभावक भेला सम्पन्न


मनिषा राई
पुस २३ रोल्पा ।

श्री सिद्धकैलाश मावि माडीगाउपालिका ६ कोर्चवाङ रोल्पाको अभिभावक भेला सम्पन्न भएको छ । साथै बिधालयले कक्षा ९ र १० अर्धबार्षिक परिक्षाको परिक्षाफल समेत प्रकाशित गरेको छ ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष जोख बहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रोतव्यक्ति कविराज रिजाल, माडीगाउपालिका ६ का अध्यक्ष खर्क बहादुर पुनमगरले बोलेका थिए ।

साथै भेलाले अनियमित बिधार्थीहरुलाई नियमित बनाउने, कमजोर बिधार्थीहरुलाई अतिरिक्त कक्षा सन्चालन गर्ने, बिधालयमा बिधार्थीहरुलई मोवाइल प्रयोग गर्न नदिने लगायतका निर्णय गरेको छ । त्यस्तै अभिभावकहरुले शिक्षामा गुणस्तरीय हुनुपर्ने बताएका छन् ।

बिधालयका प्रअ सुक बहादुर बुढामगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन शिक्षक अमर जिएमले गरेका थिए ।

प्रकाशित मिति : २०७४ पुष २३ गते आइतवार