• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

भाग्यले ठगेका अभागी नेपाली । यहाँ चिसाले मर्दा बिदेशमा गर्मीले पाेल्छ


लेकाली अनलाइन
पुस २३, सल्यान ।

प्राकृतीक विपत्तीकाे कारण नेपालमा बर्षेनी सयाैँकाे मृत्यु हुने गरेकाे छ ।

अहिले पनि यस्तै प्रकृतीक विपत्ती अाएकाे छ चिसाे माैषम ? यहि चिसाेका कारण देशभरी याे महिनामा मात्रै कयाैँकाे ज्यान गएकाे छ । मृत्यु हुने मध्य प्राय गरिबी र अशिक्षित रहेका छन् । चिसाेबाट बच्ने धेरै उपायहरु छन् तर हामी भाग्यले ठकिएका नेपाली गरिबी र अशिक्षित हुदाँ मृत्युकाे मुखमा पुगेका छाैँ ।

पछिल्लो केही दिनयता बढेकाे अत्यधिक चिसोका कारण धेरैकाे मृत्यु भयाे ।

याे महिनामा मात्रै सप्तरीमा १४ जनाको मृत्यु भएको छ । त्यसैगरी सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । शीतलहरकै कारण रौतहटमा जाडोले कठ्याङ्ग्रिएर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । हुम्लामा पनि चिसोको कारण याे महिना ६ जनाकाे मृत्यु भएकाे छ । महोत्तरीमा कठ्याङ्ग्रिएर १ जना महिलाको मृत्यु भएको छ भने काठमाडौँको इटा भट्टामा काम गर्न अाएका धनुषाका १ जनाको कठ्यार्ग्रीएर मृत्यु भएको छ । चिसोलेनै धादिङमा पनि कठ्यांग्रिएर १ जनाकाे मृत्यु भएकाे छ ।

त्यस्तै जाजरकाेटमा अत्याधिक चिसाेले एक साता देखि फैलिएकाे रुघाखोकी र भाइरल ज्वरोका कारण ९ जनाकाे ज्यान गएकाे छ भने ६ सय भन्दा धेरै बिरामी भएका छन् । तर याे चिसाेकै कारण हाे कि अन्य कारणले हाे भनेर परिक्षण गरिरहेकाे त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

याे अहिले सम्म बिभिन्न अनलाइन, पत्रिकाहरुमा छापिएका खबर मात्रै हुन् तर सरकारले भने एकिन विवरण दिएकाे छैन् ।

अत्यधिक गर्मी
अर्काे कुरा नेपालमा अत्यधिक चिसाे हुदाँ अस्ट्रेलियामा अत्यधिक गर्मी भएकाे छ ।

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को ४७ दशमलब ८ भन्दा केही कम ४७ दशमलव ३ डिग्री सेल्सियम मापन गरिएको छ ।

तापक्रम बढ्दै गएपछि शहर आसपासका क्षेत्रमा समेत आगलागीको खतरा बढेको भन्दै सचेत गराइएको छ । बढ्दो तापमानका कारण सिड्नीमा भइरहेको क्रिकेट र टेनिस प्रतियोगिता समेत प्रभावित भएका छन् ।

विभिन्न अनलाइन मिडियाहरुकाे सहयाेगमा लेकाली अनलाइनले तयार पारेकाे

प्रकाशित मिति : २०७४ पुष २३ गते आइतवार