• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

बागचौरको पिपलनेटामा जानुहोस् निशुल्क स्वास्थ्य र आँखा शिविर छ


सरिता चलाउने
पौष २४, सल्यान

भगवती प्रसाद गुल्म सल्यान र बागचौर नगरपालिका वडा न १० पिपलनेटाको संयूक्त आयोजनामा भोली निशुल्क स्वास्थ्य शिविर र निशुल्क आँखा शिविर हुने भएको छ ।

न्यूनतम स्वास्थ्य सेवाबाट बञ्चित स्थानीय जनतालाई लक्षित गरी शिविरको आयोजना गरिएको भगवति प्रसाद गुल्मका गुल्मपति विदुर अधिकारीले जानकारी दिए । नेपाली सेना जनताको सेना भन्ने मुल मर्मलाई आत्मसाथ गर्दैै मन्दिर निमार्ण, बजार सरसफाइ, मर्मत, माइन सुरक्षा तालिम जस्ता कार्य गर्दै आई रहेको अधिकारीले बताए ।

उनले भन्नु भयो नेपाली सेना जनताको सेना र जनताको सहयात्रीको रुपमा विकास गर्नका लागि स्थानीय जनताकै घरदैलोमा काम गर्दै आइरहेको छ । नेपाली सेना जनता प्रति उत्तरदायी छ भन्ने कुराको पुष्टि गर्नका लागि पनि यस प्रकारको शिविरको आयोजना गरिएको हो ।

न्युनतम स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका स्थानीयको समस्यालाई मध्यनजर गरी भोली बागचौर नगरपालिका वडा न १० पिपलनेटाको सहकार्यमा शिविरको आयोजना गरिएको गुल्मले जनाएको छ ।

यस्तै श्री महेन्द्र माध्यमिक विद्यालय बागचौर नगरपालिका वडा न १० मा विस्पोटक पदार्थबाट हुन सक्ने क्षति न्यूनिकरण गर्ने उद्देश्यले माइन सुरक्षा तालिम सम्पन्न गरिएको छ । विद्यालयका १ सय ५० भन्दा बढि विद्यार्थीलाई माइन सुरक्षा तालिम प्रदान गरिएको भगवती प्रसाद गुल्मले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७४ पुष २४ गते सोमवार