• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

रोल्पाली सञ्चारकर्मी तथा गायक अशोक वलीको गीत लोकापर्ण


मनिषा राई
पुस २४ रोल्पा ।

“सम्भव छैन हामी एक हुन” नामक गीतको आज एक कार्यक्रमका बिच लोकापर्ण भएको छ ।

सन्चारकर्मी एवम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रोल्पाका सचिव अशोक ओली परिवर्तनको लय शब्द र चर्चित लोक दोहोर गायिका राधिका हमाल र अशोक ओलीको आवाजमा निर्मित गितको अक्सिजन मिडिया रोल्पाले बजारमा ल्याएको हो । म्युजिक बैंक नेपालमा रेकर्डिङ भएको गीतको लोकापर्ण कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष हिमाल डिसी र नेपाल आर्मीका भुपु सुबेदार खिमबिक्रम केसीले आर्थिक सहयोग समेत गरेको बताईएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभाका सांसद दिपेन्द्र पुन सिजलले गीत बजाएर लोकापर्ण गरेका थिए । साथै पुनले पुनले संगीतको दुनियामा युवाहरु लागेकोमा खुशी ब्यक्त गर्दै संगीत नारायण गोपालको झैं कहिल्यै नहराउने खाले हुनुपर्नेमा जोड दिए । सदाबहारका गीतले समाज र देशको रुपान्तरमा सघाउ पुग्ने उनको भनाई थियो । रोल्पाको धरातलमा युवा गायककार अशोक ओली परिवर्तनको पाईला अगाडी बढ्दै जाने शुभकामना सहित श्रोताहरुको मन मष्तिस्कमा रहने खाले गीत निमार्ण गर्न समेत सुझाव दिए ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान रोल्पाका अध्यक्ष मिलन रोकामगरको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा बरिष्ठ साहित्यकार डिवि टुहुरोले गितको समिक्षा र गायक अशोक ओली परिवर्तनको बारेमा प्रष्टयाएका थिए ।

साथै कार्यक्रममा अनुसन्धान प्रमुख मनोज ढकाल, एमालेका हरी घर्ती, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसीं बिक, नेपाल बार एसोशियशनका जितविक्रम मल्ल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा राजनितिक दलहरु, जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरु, पत्रकार, साहित्यकार लगायतको सहभागिता रहेको थियो ।

प्रथम उपाध्यक्ष दिपिन थापामगरको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको सन्चालन भिम ओलीले गरेका थिए । सन्चारकर्मी ओली रेडियो जलजलाका कार्यक्रम प्रस्तोता एवम समाचार वाचक समेत हुन । उनले यसअघि जिवन जिउन पिरति लाइन्छ गितको अडियो , भिडियो र देश कस्तो बनाउने हाम्रै हातमा छ बोलको युवा र देशप्रति सर्मपित गित बजारमा क्रमश २०७२, ०७३ मा ल्याइ सकेका छन् ।

प्रकाशित मिति : २०७४ पुष २४ गते सोमवार