• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

वृद्ध भत्ता पाउने उमेरमा नागरिकता पाए


डिल्लीराज रावत
पुस २४, सल्यान ।

सल्यानमा ७२ बर्ष कटेका वृद्धले नागरिकता लिएका छन । नागरिकता लिने उमेर १६ बर्ष भएतापनि उनले बुद्धभत्ता बुझ्ने उमेरमा नागरिकता लिएका हुन ।

कपुरकोट गाउपालिका ५ सल्लामका चित्र बहादुर रानाले जन्मेको ७२ बर्षपछि नागरिकता लिदा खुशी भएका छन । किशोरावस्थादेखि कामका लागि भारत जाने आउने गरेका रानाले नागरिकता लिदा आफुमा खुशी छाएको बताए ।


नागरिकता पाइयो अव वृद्ध भत्ता पाइने भयो । आफ्नो लामो जिवन भारतमा विताएका उनले खुशी हुदै भने –“अव त परदेश जान पर्दैन सरकारले भत्ता दिन्छ रे सजिलो हुनेभयो ।” उनिसंगै सदरमुकाममा धाइरहेकी श्रीमती अमृता रानाले पनि भोली नागरिकता पाउनेछिन । २००२ असोज १२ गते जन्मिएका राना जिवनको लामो समय परदेशमा विताएका वृद्ध हुन ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले दुवैलाई स्थानिय तथा आफन्तको सर्जिमिन तथा वडाको मुचुल्कामा नागरिकता प्रदान गर्ने काम भएको बताएका छन । उनले भने – “दुवैजनालाई आज नै नागरिकता प्रदान गर्ने थियौं तर श्रीमतीको वडाको सिफारिस नभएका कारण उहाँलाई त्यो ल्याउन भनिएको छ र भोली उहाँले त्यो ल्याएपछि पाउनुहुनेछ ।” उनिहरु लामो समय भारतमा काम गर्न गएकाले एउटै गाउका गाउलेको सर्जिमिन मुचुल्काका आधारमा नागरिकता दिइएको हो र भोली श्रीमानले सनाखत गरे श्रीमतीले नागरिकता पाउने छिन ।

सरकारले विभिन्न समयमा नागरिकता वितरण टोली खटाएपनि उनिहरु नागरिकता विरतण टोली गाउमा पुग्दा परदेशमा भएकाले उनिहरु नागरिकता बनाउन पाएका थिएन । जिवनका लामो समय परदेशमा विताएका राना दम्पत्ती अव गाउमा नै बस्ने बताएका छन । उनिहरुलाई नागरिकता दिलाउन गाउका ५ आफन्तहरु उनिहरुसंगै जिल्ला सदरमुकामसम्म आएका हुन ।

प्रकाशित मिति : २०७४ पुष २४ गते सोमवार