• २०७८ बैशाख ८ गते बुधवार
  • Preeti To Unicode

कैलालीमा किसानले सडकमा दुध पोखे, सुन्दा अचम्मकाे कारण यस्ताे छ ?


देवान्द न्यौपान
पुस २४, कैलाली ।

चिसो मौषममा दुधको खपत नभएको भन्दै दुग्द्य विकास संस्थानले दुध लिन छोडपछि किसानहरुले आज लम्कीको सड्कमै दुध पोखेका छन ।

कार्तिक १५ गते यता नियमित रुपमा कैलालीको लम्कीमा रहेको दुग्द्य विकास संस्थान लम्की दुध चिस्याउने केन्द्रले किसान र दुध डेरीहरुले संकलन गरेको दुध लिन छोडेको स्थानिय किसानको गुनासो छ । दुग्ध विकास संस्थानले कमिसनको आधारमा दुध लिने गरेको भन्दै स्थानिय डेरी ब्यावसायिहरुले आरोप लगायका छन ।

सिमित मात्रामा स्थानिय बजारमा दुध खपत भएपनी यस क्षेत्रको दुध दुग्द्य विकास संस्थानले ब्यावस्थापन गर्न नसक्दा किसान मर्कामा परेका हुन । डेरी ब्यावसायिहरुको दुध, दुग्द्य संस्थानले नलिदा स्थानिय किसानको दुध समेत डेरी ब्यावसायिहरुले लिन मानेका छैनन् ।

बैंक तथा वितिय संस्थाबाट कर्जा लिई भैसिपालन गरी रहेका किसानहरु दुध बिक्रि हुन छाडेपछि कसरी बैकको ब्याज र किस्ता दिने भन्दै चिन्तीत भएका छन ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७४ पुष २४ गते सोमवार