पुस २४, दाङ ।
दाङको बघौसीमा सोमवार एउटा अजिंगर फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बघौसीमा अजिङगर फेला परेको जिल्ला बन कार्यालय दाङले जानकारी दिएको हो ।
बघौसीस्थित पत्रे र हापुर खोलाको किनारमा उक्त अजिंगर फेला परेको ईलाका वन कार्यालय नारायणपुरका ज्ञानबहादुर चौधरीले जानकारी दिएका हुन ।
करिब तीन मिटर लामो र झण्डै १२ केजी तौल रहेको उक्त अंजिगरलाई जिल्ला वन कार्यालयका धनबहादुर पन्त र टेकबहादुर बस्नेतले नियन्त्रणमा लिएका थिए ।
उक्त अजिगरलाई देउखरीस्थित जंगलमा लगेर छोड्नी जिल्ला बन कार्यालय दाङले जानकारी दिएको छ ।