पुस २५, काठमाडौं ।
डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सडकमा उत्रिने भएका छन् ।
मंगलबार बिहान ट्वीट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्राईले बिहान ८ बजे डा. केसीको अभियानप्रति ऐक्यवद्धता जनाउन माइतीघरमा जाने जानकारी दिएका छन् ।
अाजकाे अन्नपूर्णमा खबर छ-भट्टराईले डा. केसीप्रति ऐक्यवद्धता जनाउने सबैलाई माइतीघरमा उपस्थित हुन आग्रहसमेत गरेका छन् ।
सोमबार केसी पक्राउ पर्ने वित्तिकै पनि भट्टराईले मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबैनेपालीको पहुँचको माग राखी संघर्षरत डा. केसी पक्राउ पर्दा दुःखी भएको भन्दै डा. केसीको अभियानको पक्षमा रहेको भन्दै ट्वीट गरेका थिए ।
साथै पूर्व स्वाथ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले सोमबार राति नै ट्वीटर मार्फत डा. गोविन्द केसीको समर्थनमा आफू मंगलबार बिहान ८ बजे माइतीघरमा उपस्थित हुने जानकारी गराएका छन् ।
साथै उनले डा. केसीका अन्य समर्थकहरु पनि उपस्थित हुने विश्वास रहेको भनेका छन् ।