• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा भोलीदेखि महोत्सव सुरु । यस्तो छ पुरा तयारी (फाेटाेफिचर)


पुस २५, सल्यान ।
भोलदेखि सल्यानमा हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । सल्यान उद्योग वाणिज्य संघको आयोजनामा पुस २६ देखि ३० गतेसम्म ५ दिनका लागि हुने कृषी, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक मेला २०७४ को तयारी अन्तिम चरणमा पुगेको हो ।

“कृर्षि, पशु, वन, उद्योग, व्यापार, पर्यटन विकासको परिकल्पना, व्यवसायीकरण द्वारा आर्थिक अन्नती गरी समृद्ध समाजको स्थापना” भन्ने मुल नाराको साथ हुने मेलाको मुख्य आकार्षण भनेको कक्षा ८ मा पढ्ने विद्यार्थीले बनाएको हेलिकप्टर हुनेछ ।


निराजन मावि ढोरचौरमा अध्ययन गर्ने दिपक रानाले बनाएको हेलिकप्टर, भुकम्प रहित घर कसरी बनाउने, नमूना बाख्राको खोर कसरी बनाउने, अनी महोत्सव स्थलमा नै हुने माछा पोखरी नै मेलाका फरक आकर्षण हुने सल्यान उद्योग वाणिज्यसंघका अध्यक्ष वीर बहादुर चलाउनेले जानकारी दिएका छन ।

तथा महोत्सवको माध्यामद्वारा देशवासी र सरकारको ध्यान केन्द्रित गराई औद्योगिक तथा व्यापारीक महत्व बोकेको सल्यान जिल्लालाई उक्त केन्द्रको रुपमा विकास गर्ने मेलाको मुख्य लक्ष्य रहेको सल्यान उद्योग वाणिज्य संघले बताएको छ ।

उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनका साथ मेला लाग्ने स्थान श्रीनगरको टाउनप्लानिङ्गमा हुने मेलाको तयारी पुरा भएको स्थलगत अवलोकन पनि गराएको छ । ५२ स्टल रहेको मेलामा १२ ओटा स्टल निशुल्क रहेका छन । कृषी, वन, पशु र पर्याटनको लागी स्टल निशुल्क छन् भने अन्य व्यापारको लागी शुल्क लाग्नेछ ।

मेलामा करिव ८ हजार कृषक तथा उद्यमीहरुको सहभागिता हुने र ३० हजार दर्शकहरुले अवलोकन गर्ने लक्ष्य रहेको सल्यान उद्योग वाणिज्य महासचिव भरत वस्नेतले बताएका छन् । मेलाले कृषकहरु व्यवसायीक कृषि तर्फ आकर्षित गरी लघु अद्यमीको रुपमा रुपान्तरित हुने, स्थानीय कला सस्कृतिको जगेर्ना हुने वाणिज्य उपाअध्यक्ष दिपक बोहराले बताए ।

स्वरठी पैसेरी मयुर नाच सहितको झाँकीबाट शुरु हुने महोत्सवमा लोक गीत, लोक नृत्य, खेलकुदका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रतिभा प्रस्तुत गरिने निवर्तमान अध्यक्ष तथा साँस्कृतिक संयोजक सुधन श्रेष्ठले बताएका छन् । मेलामा कलाकार योगराज विश्वकर्माले कोरेका तस्वीरहरुको प्रदर्शन गरिनेछ ।


मेलामा करिब २ सय जना कृषक तथा उद्यमीहरुलाई पुरस्कृत तथा सम्मान गरिनेछ । निशुल्क प्रवेश गर्न पाइने मेलाको उद्घाटन नवनिर्वाचित संघिय प्रतिनिधि सभा सदस्य तथा मन्त्री टेक बहादुर बस्नेतले गर्नेछन । मेलामा स्टलमा राखिएका सामाग्रीको सुरक्षाको लागि चारैतिर घेराबार गरिएको भन्दै मेलामा प्रवेश गर्दा कुनै शुल्क तिर्न नपर्ने आयोजकले जनाएको छ ।

महोत्सव स्थल निर्माणका थप तस्विरहरु ।


प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार