• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

पारीश्रमीकको माग गर्दै शारदा नगरप्रमुख शुरेस अधिकारीलाई पत्र


सरिता चलाउने
पुस २५, सल्यान ।

सल्यानमा वालबिकास सहयोगी कार्यकर्ताहरुले आफना मागहरु राख्दै शारदा नगरप्रमुख लाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

लामो समय देखि वालबिकास सहयोगी कार्यकर्ताहरुको रुपमा काम गदै आएको र अहिले आएर शिक्षक पदमा लिएकाले परिश्रमीक नदिएको भन्दै शारदा नगरपालीकाका १५ वटै वडाका वालबिकास सहयोगी कार्यक्रताहरुले आज नगरप्रमुख लाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

शिक्षकको आधारलाई पारीश्रमीक तलब दिन नसक्दा भाबि सन्ततीले पाउनु पर्ने कुरालाई प्रत्यक्ष लाभ हुन नसकेको, ३, ४ बर्षको बालबालीकाको लागी दिवा खाजाको व्यवस्था अनिबार्य हुनुपर्ने, पारिश्रमीक महङगीलाई मध्यनजर गर्दै राज्यको कोष बाट आयातित रकम छानबिन गरी बालशिक्षकहरुलाई सन्तोष जनक १८ देखि २० हजार हुनुपर्ने, सेवा समय पनि १० देखि ४ बजे सम्म हुनु पर्ने लगायतका मागहरु शारदा नगरपालीकाका १५ वटै वडाका बालशिक्षीकाहरुले सयुंक्त रुपमा हस्ताक्षर गरी बुझाएका छन ।

ध्यानाकर्षण पत्र बुझदै नगरप्रमुख शुरेस अधिकारीले मागहरु प्रति आफु सकारात्मक रहेको बताएका छन् । उनले आफुले यो माग बारेमा सक्दो सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार