• २०७७ माघ १० गते शनिवार
  • Preeti To Unicode

सल्यानमा सेनाले चलाएकाे शिविरमा २ सय ८१ जनाकाे निशुल्क जाँच


सरिता चलाउने
पुस २५, सल्यान

सल्यानको बागचौर नगरपालीका वडा नम्बर १० को पिपलनेटामा आज निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

भगवती प्रसाद गुल्म सल्यानको आयोजना, बागचौर नगरपालिका वडा न १० र आँखा उपचार केन्द्र सितलपाटीको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क आँखा शिविर सम्पन्न भएको हो । न्यूनतम स्वास्थ्य सेवाबाट बञ्चित स्थानीय जनतालाई लक्षित गरी शिविरको आयोजना गरिएको भगवति प्रसाद गुल्मका गुल्मपति विदुर अधिकारीले जानकारी दिए ।

स्वास्थ्य शिविर तथा निशुल्क आँखा शिविरमा २ सय ८१ जनाले सेवा लिएका थिए, जस्मा १ सय ८५ जनाले आँखाको चेक गराएका थिए भने २० जनालाई मोतिया बिन्दुको अप्रेसन गर्नेपर्ने देखिएको छ ।

स्वास्थ्य शिविरका लागी दाङको १९ नम्बर बाहिने बाट फिल्ड एम्बुलेन्स पाहिर अलि अन्सारीको टिमले चेक जाँच गरेको छ । त्यसैगरी आँखा सिबिरको लागी आँखा उपचार केन्द्र सितलपाटीका डा. पदम राज पन्तको टिमले जाँच गरेको अधिकारीले बताए । साधारण तर्फको औषधी बागचौर नगरपालीकाले उपलब्ध गराउने जनाएको छ । जस बाट नागरीकहरु लाभाम्बीत भएका छन ।

नेपाली सेना जनताको सेना भन्ने मुल मर्मलाई आत्मसाथ गर्दैै मन्दिर निमार्ण, बजार सरसफाइ, मर्मत, माइन सुरक्षा तालिम जस्ता कार्य गर्दै आई रहेको गुल्मपति अधिकारीले बताए । नेपाली सेना जनताको सेना र जनताको सहयात्रीको रुपमा विकास गर्नका लागि स्थानीय जनताकै घरदैलोमा काम गर्दै आइरहेको छ ।

नेपाली सेना जनता प्रति उत्तरदायी छ भन्ने कुराको पुष्टि गर्नका लागि पनि यस प्रकारको शिविरको आयोजना गरिएको हो ।
तस्विरः पत्रकार शिव डाँगीकाे फेसबुकबाट
याे पनि पढ्नुहाेस् बागचौरको पिपलनेटामा जानुहोस् निशुल्क स्वास्थ्य र आँखा शिविर छ

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार