• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

पत्रकार महासंघ रोल्पाको बैँठक सम्पन्न


पुस २५, रोल्पा ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले पौष ३० गते भित्र सदस्यता नबिकरण र नयाँ सदस्यताका लागि निबेदन आह्वान गरेको छ ।

मंगलबार आफ्नै भवनमा बसेको बैँठकले पत्रकार महासंघ जिल्ला शाखा रोल्पामा आबद्ध साधारण सदस्यहरुलाई निबेदन, बैँक भौचर र बिधान बमोजिकका कागजातका साथ नबिकरण गर्न आह्वान गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिब जीवन डाँगीले जानकारी दिए ।

बैँठकले महासंघ जिल्ला शाखा रोल्पाको सदस्य बन्न योग्ने पत्रकारहरुलाई समेत बिधान बमोजिमका आबश्यक काजजात सहित अनिवार्य कार्यालयमा उपस्थीत भई निबेदन दिने निर्णय गरेको सचिब डाँगीले बताए । सुचना बिभागको, सुचनाको हक सम्बनधी कार्याक्रममा महासंघ रोल्पाले समन्बय गर्ने र पत्रकारिता कल्याणकारी कोष स्थापनाका लागि आबश्यक अध्यायन गर्ने समेत निर्णय गरेको छ ।

पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बिकको अध्यक्षता भएको बैँठकमा संस्थापक अध्यक्ष एबम् सल्लाहकार काशीराम डाँगी, पूर्ब अध्यक्ष एबम् सल्लाहकार खेम बुढामगरको बिशेष उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार