• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

“मगरहरको मातृभाषालाई राष्ट्रिय भाषामा रुपान्तर गर्नुपर्ने” ! इकाइ कमिति भयाे गठन


मनिषा राइ
पुस २५, रोल्पा ।

नेपाल मगर बिधार्थी संघ माडी गाउपालिकाको इकाई कमितिको आम भेला सम्पन्न भएको छ ।

नेपाल मगर बिधार्थी संघ जिल्ला सदस्य लक्ष्मी बुढामगरको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर बिधार्थी संघका केन्द्रिय सदस्य सुक बहादुर बाठामगरले आउदै गरेको मगरहरुको महान चाड माघे संक्रान्तिको पावन अवसरमा शुभकामना दिदै मगरहरुको लोप हुदै गएको संस्कृति, रितिरिवाज, चाडपर्वको पुनः संरचना गर्नको लागि मगर बिधार्थी संघको महत्वपसर्ण भुमिका हुने हुदा संघमा आवद्ध भएर मगरहरुको हक र अधिकारको लागि एकजुत हुनुपर्ने बताए ।

उनले बिधालय स्तरमा पनि मगर भाषाको लिपि आउनुपर्ने उल्लेख गरे । मगरहरको मातृभाषालाई राष्ट्रिय भाषाको रुपमा रुपान्तर गर्नको लागि पनि सबै मगरहरु अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि माडीगाउपालिका ५ भावाङका वडाअध्यक्ष भरत बहादुर बुढामगरले कतिपय मगरहरुले आफनो मातृ भाषा समेत बोल्न नजान्ने हुदा आफनो पहिचानको लागि पनि मगरहरुले अनिवार्य आफनो मातृभाषा बोल्नुपर्ने बतँउ । उन्ले बिभिन्न स्थानमा छुट्टिएर रहेको मगरहरु एकजुत भएर आफनै भाषामा शिक्षा लागु गर्नुपर्नेमा जोड दिए ।

साथै उहाले नेपाल मगर बिधार्थी संघले गाउपालिकामा आफनो पहिचार र लोपन्मुख कला संस्कृतिको उत्थानका लागि जुन कदम चालेको छ त्यसमा आफनो वडाबाट मात्र नभई गाउपालिकाबाटै भरपुर साथ र सहयोग रहने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष उमेश पुनमगर, उपाध्यक्ष योगेन्द्र रोकामगर, सचिव नरेन्द्र घर्तीमगर, माडी गाउपालिका ३ का वडाअध्यक्ष दल बहादुर घर्तीमगर, ६ का वडाअध्यक्ष प्रकाश पुनमगर, १ का अध्यक्ष आम बहादुर घर्तीमगर, संघका सदस्यहरु, मगर बिधार्थी लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल मगर बिधार्थी संघ दुइखोली गाउपालिका इन्चार्ज तथा जिल्ला सदस्य सुर्य रोकामगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन जिल्ला सदस्य मनिषा रोकामगरले गरेका थिए । आम भेलाको बन्द सत्रबाट हिमाल घर्तीको अध्यक्षतामा पछि एक जना थप्ने गरी १७ सदस्यीय नेपाल मगर बिधार्थी संघको गाउपालिका स्तरिय नया इकाइ कमिति समेत गठन गरीएको छ । जसमा उपाध्यक्ष कमानसिं घर्तीमगर, सचिव चमेली घर्तीमगर, सहसचिव अभियान घर्तीमगर, कोषाध्यक्ष साहारा बुढामगर, सदस्यहरु सुजल रोकामगर, सरिता घर्तीमगर, दिपा घर्तीमगर, भावना घर्तीमगर, अर्जुन बुढामगर, तुल्सीराम घर्तीमगर, तुल्सीं बाठामगर, भावना घर्तीमगर, संगम बुढामगर, सर्मिला बुढामगर, राजन बुढामगर लगायत रहेका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई केन्द्रिय सदस्य सुक बहादुर बाठामगरले सपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार