• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

एमाले नेता भन्छन्- डा.केसीलाई मर्न दिनुपर्छ !


पुस २५, काठमाडाैं ।
डा. गोविन्द केसीलाई बचाउनु अावश्यक नभएको भन्दै पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीको भनाई सामाजिक संजालहरुमा भाइरल भएको छ । डा.केसीको गिरफ्तारीसँगै मन्त्री अधिकारीको उक्त भनाइ भाइरल भएको हो ।

नेकपा एमालेका नेता अधिकारीले डा.केसी १४ अौ पटक अनसन बस्नुअघि शनिबार कार्यक्रममा बोल्दै भनेका थिए,‘अनसन बसेर कसैले मृत्युको माग गर्छ भने उसलाई मर्न दिनुपर्छ, एकातिर तीन करोड नेपालीको स्वास्थ्यको कुरा गर्ने अनि अर्कोतिर अस्पतालमा अनसन बसेर मर्न चाहनेलाई कसैले बचाउनु हुँदैन।’

अधिकारीले सरकारी तलब खाएर सरकारी अस्पतालमा अनसन बस्ने कार्यलाई गैरव्यावसायिक कार्य भएको भन्दै त्यस्ता व्यक्तिलाई अरु डाक्टरले बचाइरहनु आवश्यक नरहेको बताउँदै भने, ‘सरकारी अस्पतालमा अनसन बस्नु पनि क्वाकरी (गैरव्यावसायिक) चिकित्सकीय अभ्यास हो,यस्ता व्यक्तिमाथि अरु डाक्टरले आफूलाई सरेन्डर (आत्मसर्पण) गरेर किन बचाउनु ?’

कार्यक्रममा बोल्दै अधिकारीले भने, ‘मेडिसिनमा जान्ने डाक्टरले हामीलाई अरु विषयमा सिकाउन खोजेका थिए’, उनले भने, ‘विश्वका केही देशमा इबोला संक्रमण फैलिएको बेला एक जना डाक्टरले त मलाई नेपाली जनताको मृत्यु हुन्छ भन्दै सिकाएको थियो, हुँदै नभएको विषयमा त्यो डाक्टरले मलाई पढाउने कोसिस गरेको थियो।’डबली अनलाइनबाट

प्रकाशित मिति : २०७४ पुष २५ गते मङ्गलवार