• २०७७ असोज १२ गते सोमवार
  • Preeti To Unicode

ट्रकमा मोटरसाइकल ठोकिदा १ को मृत्यु, खुकुरी प्रहारबाट घाइते


पुस २६, काठमाडौं ।

टेकुमा रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति १ जनाको ज्यान गएको छ ।

ना ५ ख १६४३ नम्बरको ट्रकमा बा ३० प ६११९ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक ढल्कु, क्षेत्रपाटीका २४ वर्षीय विक्की मर्हजनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, गम्भीर घाइते महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको हो ।

त्यस्तै ताप्लेजुङमा खुकुरी प्रहारबाट मंगलबार एक युवक घाइते भएका छन् ।

मैवाखोला गाउँपालिका–१ का युनिष याकुपाको खुकुरी प्रहारबाट सोही स्थानका २८ वर्षीय पुजन मास्वा (लिम्बु) घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

खुकुरी प्रहारबाट खुट्टामा चोट लागेका पुजनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ भने खुकुर प्रहार गर्ने युनिष प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

उनीहरुबीच सामान्य विवाद हुँदा युनिषले खुकुरी प्रहार गरेको पाइएकाले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । खुकुरी प्रहार गर्ने युनिष सुस्त मनस्थितिको रहेको प्रहरीले बताएको छ ।

सांकेतिक तस्वीर

प्रकाशित मिति : २०७४ पुष २६ गते बुधवार