• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा निर्माणधिन आवासहरु छिटो निर्माण गर्ने निर्णय भयाे


लेकाली अनलाइन
पुस २६, सल्यान ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङले सल्यानमा संचालित जनता आवास कार्यक्रम अन्तरगत निर्माण हुन बाँकी आवासहरु छिटो सम्पन्न गर्ने निर्णय गरेको छ ।

आज सल्यान श्रीनगरमा भएको एक कार्यक्रममा उक्त कार्यालयको सल्यानमा पर्ने कार्यक्षेत्र अन्तरगत आर्थिक वर्ष २०७३/०७४ मा संचालित जनता आवास कार्यक्रम अन्तरगत निर्माण हुन बाँकी आवासहरु छिटो सम्पन्न गर्नको लागी स्थानीय तहहरु सँग समोन्वय गर्ने निर्णय गरेको छ ।

बैठकमा अन्य निर्णयहरु पनि गरिएको छ । आर्थिक वर्ष २०७३/७४ देखि हाल सम्म सम्पन्न भएका जनता आवास कार्यक्रम बाट निर्माण भएका आवास इकाईहरुको नामावली र स्थान सहित आगामी बैठकमा पेश गर्ने भएको छ । त्यस्तै जनता आवास कार्यक्रमको चालु आर्थिक बर्ष २०७४/७५ मा लाभग्राही छनौट गर्नको लागी सबै स्थानीय तह सँग समोनय गरी वादी, गन्धर्व र अन्य दलित समुदायीको नामावली २०७४ माघ १० गतेसम्म संकलन गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा सल्यान प्रतिनिधि सभा सदस्य तथा विना विभाग्य मन्त्री टेक बहादुर वस्नेत को उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा प्रदेश सांसद गुलाव जंग शाह र प्रकाश ज्वालाको उपस्थिती रहेको इन्जीनिएर हिमालय शर्माले बताएका छन् ।

प्रकाशित मिति : २०७४ पुष २६ गते बुधवार