• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

शिक्षा क्षेत्रलार्इ सुधार गर्नुपर्ने भन्दै बागचाैर नगरप्रमुखलार्इ ज्ञापन पत्र


पुस २७, सल्यान ।
बागचौर नगरपालीका भित्र शिक्षा क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नपर्ने भन्दै नगरप्रमुखको हातमा आज ज्ञापन पत्र पुगेको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर कमिटी सल्यानले आफ्ना विभिन्न माग राख्दै नगरप्रमुख लोकमान बुढाथोकीलाई ज्ञापन पत्र बुझाएको हो ।

संगठनको हिजो बसेको बैठकले बागचौर नगरपालीकाममा शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरुलाई ब्यवस्थापन गर्नुपर्ने ठहर गर्दै आज ९ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ ।

संगठनका अध्यक्ष रविकिरण ओली र सचिव बिरेन्द्र प्रकाश डि.सी.को हस्ताक्षेर रहेको विज्ञप्ती बुझ्दै नगरप्रमुख बुढाथोकीले मागहरु सकारात्मक भएको भन्दै भोली नै नगरसभाको बैठक गरेर त्यसको समाधान तिर लाग्ने बताएका छन् ।
ज्ञापन पत्रकाे पुर्ण अंस

प्रकाशित मिति : २०७४ पुष २७ गते बिहिवार